img

राजगढमा विभिन्न कार्यक्रम गरी विश्व स्तनपान दिवस सप्ताह सम्पन्न


नर्घो(सप्तरी),२२ श्रावण । सप्तरीको राजगढमा वेल्टहङ्गरहिल्फे (WHH) को आर्थिक सहयोगमा फरवार्ड नेपालको पोषण यूतm नमुना गाउँ परियोजनाको सहकार्यमा राजगढ गाउँपालिकामा विश्व स्तनपान दिवस सप्ताह सम्पन्न भएको हो ।

राजगढ गाउँपालिकी उपाध्यक्ष रेणु देवी मण्डलले बच्चा जन्मेको १ घण्टा भित्र बच्चालाई आमाले स्तनपान गराउनु पर्नेपर्ने अामाहरूलाइ सुझाब दिदैं ।

साे कार्यक्रम राजगढ गाउँपालिका वाड नं ३ का बिभिन्न उमेरका महिला किशोरी,जनप्रतिनिधि,कर्मचारी र संघ संस्थका प्रतिनिधिसहित विश्व स्तनपन दिवस “ स्तनपान मैत्री कार्य स्थानको सुनिशीवत्ता सबै सरोकार वलाहरुको प्रतिवद्घता” भन्ने मुलनाराका साथ गाउँ परिक्रमा गरी ¥याली निकालिएको हो ।

उतm ¥याली गाउँपालिकाको कार्यालयमा आएर विभिन्न कार्यक्रम गरि समपन्न भएको हो । उतm कार्यक्रममा फरवार्ड नेपालका परियोजना तथा पैरवी अधिकृत टंक प्रसाद आचार्यले उपस्थित सबैलाई स्वागत गर्दै विश्व स्तनपान दिवसको महत्वबारे प्रकाश पार्नुका साथै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री धिरेन्द्र कुमार यादवले स्तनपानको महत्वबारे धारणा राख्नु भएको थियो ।

साे कार्यक्रमका अध्यक्ष ओमप्रकाश मण्डलले स्तनपानको महत्व फाईदा र स्तनपान गराउनुपर्नेको औचित्यबारे बताउँदै पालिकास्तर बाट गरिने सहयोग हरबखत सहयोग गर्न तत्पर रहेको बताउनु भएको छ ।

त्यसै गरी गाउँपालिकी उपाध्यक्ष रेणु देवी मण्डलले बच्चा जन्मेको १ घण्टा भित्र बच्चालाई आमाले स्तनपान गराउनु पर्ने र जन्मेको ६ महिना सम्म बच्चालाई केहि नदिई आमाको दुध मात्र चुसाउनुपर्ने भनी आपना कुरा राख्नु भएको हो ।
राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलको अध्यक्षता तथा उतm कार्यक्रममा राजगढ गाउँपालिकाका उपाध्यक्ष रेनुदेवी मण्डल र प्रमुख प्रशासकिय अधिकृत श्री धिरेन्द्र कुमार यादवको विशिष्ट आतिथ्य रहेको उतm कार्यक्रम राजगढ गाउँपलिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र यादवले संचालन गर्नु भएको थियो ।

 

 


प्रतिक्रिया दिनुहोस् ।