img

सप्तरीको महादेवामा दलित र मुस्लिम समुदायको घना बस्तीमा एक्कासी आगलागी हुँदा करोडौंको क्षति


अपूर्व न्यूज समाचारदाता ।
महादेवा, १९ बैशाख । सप्तरीको महादेवा गाउँपालिका १ चिम्टीमा मंगलबार भिषण आगलागी भएको छ । दिउँसो २ बजेदेखि सुरु भएको आगलागीमा परी २ सयभन्दा बढी घर जलेर नष्ट हुँंदा करोडौं क्षति भएको हो ।

दिँउसो हवाहुरीको समयमा आगलागी हुँदा ठूलो क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । स्थानीय शत्रुधन यादवको घरबाट शुरु भएको आगलागीले गाउँ नै स्वाहा भएको स्थानीयले जनाएको छ।

दलित र मुस्लिम समुदायको घना बसोबास रहेको बस्तीमा एक्कासी आगलागी हुँदा २ सय जति घर जलेर नष्ट भएको स्थानीयले जानकारी दिएका छन् ।
राजविराज, शम्भुनाथ, हनुमाननगर कंकालिानी नगरपालिकाबाट आएको बारूण यन्त्रकाको सहयोगमा प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको वडा अध्यक्ष जयकिशोर दासले बताएको हो ।
आगलागीको क्षति बारे विवरण संकलन भईरहेकोले कतिसम्म क्षति भएको भन्ने सम्बन्धमा अझै एकिन नभएको प्रहरीले जनाएको छ । आगलागीमा १ करोडभन्दा बढी क्षती भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।


प्रतिक्रिया दिनुहोस् ।