img

दलका प्रतिनिधि र उम्मेदवारसँग निर्वाचन सम्बन्धि आचारसंहिताबारे छलफल


अपूर्व सम्बददाता ।
कञ्चनपुर,३ कार्तिक । अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रयोजनका लागि राजनीनि दलका प्रतिनिधि एवं उम्मेदबार सँग निर्वाचन आचारसंहिता सम्बन्धि छलफल भएको छ ।

निर्वाचन क्षेत्र नं. १ निर्वाचन अधिकृत कार्यालय कञ्चनरुपका निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले अापना भनाइ राख्दैं

बिहिबार कञ्चनरुप नगरपालिकाको सभाहलमा निर्वाचन क्षेत्र नं. १ निर्वाचन अधिकृत कार्यालय कञ्चनरुपका निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले भने,–कुनै पार्टी वा उम्मेदवारहरुले कसैलाई धम्की दिन नहुने,कुनै समप्राकादायिक विदेशमा फैलाउने गरी प्रचार प्रसार गर्न वा मत माग्न नहुने,निर्वाचन प्रचारप्रसार गर्नकालागि कोणसभा वा आम सभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण आफै वा आफनो प्रतिनिधि मार्फत मतदान सम्पन्न भएको १५ दिन भित्र निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने बताए ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिन भन्दा १७ दिन अघि सम्म निर्वाचन प्रसार प्रचार सम्बन्धि देहायको काम गर्न सकिने,जुलुस आमसभा कोणसभा गर्न,संचार माध्यममा कुनै प्रकारको प्रचार प्रसार सम्बन्धित प्रकाशन वा प्रसारण गर्ने र निर्वाचनमा उम्मेदवारले कुनै प्रकारको भोज भतेर गर्न वा नगद वितरण गर्न नहुने अचारसंहितामा उल्लेख गरेको छ ।

सवारी साधनमा प्रयोग गर्नुपर्ने अचारसंहितको पालना राजनीतिक दल उम्मेदवार र दलको भातृ संगठन तथा सम्बन्धित व्यतिmले आचरण पाल्ना गर्नुपर्ने,र विदेशी नम्वर पलेटको गाडीलाई त्यस्तो अनुमती दिएको छैन । निर्वाचनमा २ वटा गाडी बाहेक चलाउन अनुमति नरहेको सहायक अधिकृतले बताए ।
निर्वाचन खर्च सम्बन्धि अचारसंहिता राजनेतिक दल तथा उम्मेदवारले निर्वाचन खर्च समबन्धि देहायका अचारसंहिता पालन गर्नु पर्ने उम्मेदवारले मनोनिय दर्ता गर्दा निर्वाचनमा कुनै खर्च गर्ने अनुमानित रकम र सोको स्रोत समेत खुलाउनु पर्ने छ,उम्मेदवारले निर्वाचन सम्बन्धित खर्च गर्दा बैंक वा वित्तिय संस्थामा छुटै खाता खोली सोही खाताबाट गर्नु पर्ने छ ।
उक्त बैठक निर्वाचन क्षेत्र नं. १ निर्वाचन अधिकृत कार्यालयको कञ्चनरुपका निर्वाचन अधिकृत घनेन्द्र अधिकारी अध्यक्षतामा बसेको बैठकमा ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी रामकुमार यादव,कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ता,कञ्चनरुप नगरपालिकाकी प्रशासकीय अधिकृत रेणुका साह,सशस्त्र प्रहरी,नेपाल प्रहरी समेतको उपस्थिती रहेको थियो ।

 


प्रतिक्रिया दिनुहोस् ।