img

जनता समाजवादी पार्टी सत्ता गठबन्धन सँग असन्तुष्ट,अन्य दलसँग चुनावी तालमेलको ढोका खुला गर्ने निर्णय


काठमाडौं,१६ असोज ।  जनता समाजवादी पार्टी (जसपा)का प्रवक्ता मनिष सुमनले सत्तारुढ गठबन्धनको सिट बाँडफाँटका लागि भइरहेको छलफल सन्तोषजनक नभएको बताए छ । अन्य राजनीतिक दलहरुसँग पनि चुनावी तालमेल खुला गर्ने निर्णय गरेको छ ।
पाँचदलीय गठबन्धनमा भइरहेको सिट बाँडफाँटको छलफलमा जसपा पनि सहभागी छ । नेताहरुका अनुसार प्रतिनिधिसभाको १६५ मध्ये अधिकतम १७्/१८ सिट जसपाले पाउने देखिएको छ भने प्रदेशमा मधेश प्रदेशमा कुल ६४ निर्वाचन क्षेत्रको झण्डै आधा र अरुमा एकाध सिट मात्र पाउने सम्भावना छ ।

शनिबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले गठबन्धनमा भइरहेको छलफल पार्टीका लागि सन्तोषजनक नभएको निष्कर्ष निकालेको छ । ‘हाम्रो पहिलो प्राथमिकता पाँचदलीय गठबन्धन नै हो । तर सिट बाँडफाँट सबैको सम्मान हुने र सबैलाई जिताउने गरी हुनुपर्छ’, प्रवक्ता मनिष सुमनले भने ।

गठबन्धनमा सम्मानजनक सिट बाँडफाँट नभए अरु दलसँग तालमेल गर्ने जसपाको निर्णय छ । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्भव भएसम्म विकल्पका रुपमा अन्य राजनीतिक दलहरुसँग पनि निर्वाचनमा सिटको तालेमल गर्न सकिने छ ।


प्रतिक्रिया दिनुहोस् ।