img

देशको सीमा मिचिँदा पनि सरकार घुँडा टेकेर बस्छ ः केपी ओली


धर्मेश्वर (सप्तरी) १५ असोज । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान सरकार देशको सीमा मिचिँदा पनि घुँडा टेकेर बसेको आरोप लगाएका छन् ।

विशाल आमसभालाइ सम्बाेधन गर्दै नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली

शनिबार सप्तरीको कञ्चनरूप नगरपालिका–१२ स्थित सिमरामा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ मधेस प्रदेश कमिटीले आयोजना गरेको मधेस प्रदेशस्तरीय निर्वाचन परिचालन कमिटी घोषणा तथा विशाल आमसभालाई सम्बोधन गर्दै ओलीले सरकारलाई देशको सीमा कहाँसम्म छ भन्नेसमेत थाहा नरहेको बताए । ‘कहीँ सीमा मिचेको छ भने बोल्नुपर्छ तर यो सरकार सीमा मिचे पनि बोल्न सक्दैन् । घुँटा टेकेर बस्छ’, उनले भने– आफ्नो सिमाना कहाँसम्म हो त्यो पनि भन्न सक्दैन । कायरता देखाउँछ । जलस्रोत, जग्गा, नदीनाला, खनिजको पनि रक्षा गर्न सक्दैन ।

अध्यक्ष ओलीले सरकारलाई नक्कलीको संज्ञा पनि दिए । ‘यो जनताले नछानेको तथा परमादेशबाट आएको नक्कली सरकार हो’, उनले भने– ‘यो सरकार हामीले अझै डेढ महिनाभन्दा बढी बेहोर्नुपर्छ ।’ सरकारले चुनाव निष्पक्ष गराउने पक्षमा नभई जसरी पनि जित्नुपर्ने सोंच राखेको भन्दै उनले लोकतन्त्रसँग मतलव नराखी लुटतन्त्र मचाएको आरोप पनि लगाए ।

‘यो भ्रष्ट, धाँधलीवाद सरकार हो । जसरी पनि जित्नुपर्छ भन्ने सरकार हो । त्यस कारण उनले युवाहरूलाई धाँधली कतै हुन नदिन, शान्तिपूर्ण ढंगले निष्पक्ष निर्वाचन गराउन आफ्ना दलका स्वयंसेवक तयार गरी हरेक बुथमा राख्न निर्देशन पनि दिए ।

सो विशाल आमसभामा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीले वास्तविक नेपाली नागरिकलाई नागरिकता दिलाउन आफू तयार रहेको बताए । उने भने– जन्मसिद्ध नागरिकता लिएका सन्तानलाई नागरिकता बनाउन हरपल तयार रहेकाले नेपाली कांगे्रसको नेतृत्वमा गठित सत्ता गठबन्धन सरकारले नागरिकता विधेयकलाई बहाना बनाएर उल्टै पीडा दिएको आरोप लगाए ।

‘म प्रधानमन्त्री हुँदा संसद नभएका बेला अध्यादेश मार्फत् नागरिकताको समस्याको समस्या समाधान गर्न खोजेको थिएँ’ ओलीले भने, ‘तर गठबन्धनमा रहेकाहरुले मुद्दा हाले । अदालतको दुरुपयोग गरेर रोक्न लगाए ।’ उने भने,जन्मशिद्ध नागरिकता पाएका सन्तानलाई नागरिकता बनाउन हरपल तयार रहेकाले नेपाली कांगे्रसको नेतृत्वका गठित सता गठबन्धन सरकारले नागरिकता विधेयकलाई बहाना बनाएर उल्टै मुद्धा दिएको आरोप लगाएका छन् ।

विशाल अाकसभामा नेकपा एमाले कार्यक्रताहरु

सो विशालसभामा सप्तरी निर्वाचन क्षेत्र नं.१ का प्रतिनिधि सांसद सरिता गिरी, पार्टीका केन्द्रीय सदस्य राजकुमार लेखी,नेकपा एमालेका सप्तरी इन्चार्ज दिवाकर देवकोटा, राष्ट्रिय युवा संघ मधेश प्रदेश कमिटि केन्द्रिय अध्यक्ष किरण पौडेल,पार्टीका केन्द्रिय सदस्य सुमन प्याकुरेल, राष्ट्रिय युवा संघ मधेश प्रदेश कमिटि केन्द्रिय महेश बस्नेतलगायतले आ–आपनो विचार व्यक्त गरेका छन् । उक्त विशाल आमसभामा नेपाली कांगे्रस,जसपा तथा जनमत पार्टीका नेता तथा कार्यक्रताहरु नेकपा पर्टीमा प्रवेश गरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस् ।