img

सप्तरीका प्रजिअ गौतमको सरुवा, नयाँ प्रजिअ नुरहरी खतिवडा


अपुर्व न्युज
कञ्चनपुर, २२ भदौ । सप्तरीको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको सरुवा भएको छ । प्रजिअ गौतमको सरुवा भएपछि सप्तरीको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा आउने भएका छन् । उनी संखुवासभाका प्रजिअबाट सरुवा भई सप्तरी आउने प्रजिअ गौतमले जानकारी दिए ।
२०७८ भदौ २२ मा सप्तरी आएका प्रमुख जिल्ला अधिकारी गौतम जिल्लामा लामो कार्यकालसम्म बस्ने प्रजिअ हुन् । सप्तरीमा मिलनसार र सहयोगी मानिसहरु भएकोले आफूलाई सप्तरीमा बस्न कुनै समस्या नभएको प्रजिअ गौतम बताउँछन् । प्रजिअ गौतमको एक बर्षपछि उदयपुर सरुवा भएको हो ।
प्रजिअ गौतमले सप्तरीमा शान्ति, समृद्धि कायम होस् भन्दै शुभकामना समेत व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस् ।