img

नगर प्रमुखले भने– ‘रक्सी सेवन र चेतनाको कमीले दलितको मृत्यु ः दलित सम्बद्ध संघसंस्थाले आपत्ति जनाए


कञ्चनपुर,(सप्तरी)पुस ४ गते । सप्तरीको कञ्चनरूप नगरपालिकामा उपचार नपाएर पाँच विपन्न दलितको मृत्यु भएको विषयमा नगर प्रमुख ललनप्रसाद गुप्ताले दिएको अभिव्यक्तिप्रति दलितसम्बद्ध संघसंस्थाले आपत्ति जनाएका छन ्।

कञ्चनरूप नगरपालिकाका मृत्तक परिवार

सप्तरीको कञ्चनरूप नगरपालिकाका पाँच विपन्न दलित युवाले आर्थिक अभावका कारण उपचार गर्न नसकेर ज्यान गुमाएको घटनाप्रति कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललनप्रसाद गुप्ताले पुष ३ गते आइतबार विज्ञप्ति जारी गर्दै उनीहरूको ‘रक्सी सेवन र चेतनाको कमीले मृत्यु भएको’ विज्ञप्ति प्रकाशित गरेको थियो । निजहरूको उपचार र आर्थिक अभाव नभई रक्सी सेवन र चेतनाको कमीको कारणले मृत्यु भएको व्यहोरा अवगत गराउन चाहन्छौँ ।

कञ्चनरुप नगरपालिकाका नगर प्रमुख गुप्ताले विज्ञप्तिमा उल्लेख गरेका थिए । कञ्चनरुप नगरपालिकाका नगर प्रमुख जस्तो गरिमामय पदमा बसेका व्यक्तिको उक्त कपोकल्पित अभिव्यक्तिले नगरका १६ हजार भन्दा बढी दलित समुदायको आत्मसम्मानमा चोट पुगेको छ । दलित संघ संस्थाद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘कञ्चनरुप नगरपालिकाको वास्तविक अवस्था चित्रण भएपछि अत्तालिएका नगर प्रमुख गुप्ताको भनाई कानूनी रुपमा अप्रमाणित,नैतिक रुपमा गैर जिम्मेबार र पदीय मर्यदा बिपरीत रहेको हाम्रो ठहर छ । ’ मृत्यु भएकाहरुमध्ये पाँच परिवारमा कसैको पनि आफनो जमिनमा घर छैन ।

चार जनाको घरमा त घरको ढोका समेत टिनले बनाइएको छ । ‘दैनिक रूपमा काम गर्ने अवसरसमेत नपाएर भोकै बस्न विवश मृतक परिवारलाई सान्त्वना दिनुको साटो नगरभरिका सम्पूर्ण दलितलाई रक्सी सेवनकर्ताको रूपमा स्थापित गर्नु सिंगो दलित समुदायप्रतिको अपमानको रूपमा हामीले लिएका छौँ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

कञ्चनरूप नगरपालिकाका नगर प्रमुख ललनप्रसाद गुप्ताले २०७९ पुस ३ गते जारी गरिएकाे प्रेस विज्ञप्तीमा के भनिएकाे छ ।

नगर प्रमुख गुप्ताले आत्मालोचनासहित आफ्नो अभिव्यक्ति फिर्ता नलिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिइएको छ। जिल्लामा कार्यरत आधा दर्जनभन्दा बढी संघसंस्थाले सोमबार विज्ञप्ति जारी गर्दै मेयर गुप्ताको गैरजिम्मेवार र पदीय मर्यदाविपरीतको अभिव्यक्तिले दलित समुदायको आत्मसम्मानमा चोट पुगेको प्रतिक्रिया दिएका छन् । गु्प्ताको अभिव्यक्ति सिंगो दलित समुदायप्रतिको अपमान भएको विज्ञप्तिमा बताइएको छ ।

दलित संघ संस्थाद्धारा जारी विज्ञप्तिमा के भनिएको छ ।

दलित संघ संस्थाद्धारा जारी विज्ञप्ति

प्रतिक्रिया दिनुहोस् ।