img

टिपरको ठक्करले स्कुले बालिकाको मृत्यु भएपछि रूपनी स्थित लोकराजमार्ग तानवग्रस्त


रुपनी, ५ पुष । सप्तरीमा आज विहान टिपरको ठक्करले १२ बर्षीया बालिकाको मृत्यु भएपछि सप्तरीको लोकराजमार्ग रुपनी स्थिति तानवग्रस्त बनेको छ ।

आफन्त र स्थानीयबासीहरूले लोकराजमार्ग चक्काजाममा उत्रिए ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत रूपनी गाउँपालिका–१ स्थित ना. १ क. ८५४२ नम्वरको टिपरले सोही वडाका शंकर यादवकी १२ वर्षीया छोरी रिताकुमारी यादवलाई ठक्कर दिएको हो ।
राजमार्गमा नै किशोरीको शव राखेर उनका आफन्त र विद्यार्थीहरूले चक्काजाम नै गर्न थालेपछि भिडलाई तितरबितर पार्न र स्थितिलाई नियन्त्रणमा लिन ८ राउण्ड अश्रुग्यास र १० राउण्ड हवाइ फायर गरेका छन् भने घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंह नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जनाएको छ ।

रूपनी गाउँपालिकाका स्थानीयबासी सडकमा अान्दाेलन उत्रिए ।

सो चक्काजाम विहान १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म सडक ठप्प पारिएको थियो ।
घटनाबारे छानविन गरी दोषीलाई कडा कारबाही गर्ने, मृतक बालिकाको परिवारलाई क्षतिपूर्ति दिने, टिपरलाई टायमकार्ड अनुसार हिड्ने लगाउने, घटनाबारे थप छलफल गर्ने आन्दोलनरत् पक्ष र स्थानीय प्रशासन बीच सहमति भएपछि साढे ५ घण्टापछि चक्काजाम खुलेको थियो ।


प्रतिक्रिया दिनुहोस् ।