img

२१ वर्षीय छोराद्वारा ३६ वर्षीया आमाको हत्या,आज विहान प्रहरीद्धारा पक्राउ


अपुर्व न्युज
धनुषा, ३१ भदौ । धनुषमा २१ वर्षीय छोराद्वारा ३६ वर्षीया आमा हत्या गरेको आरोपमा प्रहरीद्धारा पक्राउ गरेका छन् ।
धनुषाको सबैला नगरपालिका–५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वेलाई आमाको हत्या गरेको आरोपमा प्रहरीले आज विहान पक्राउ गरेको छ ।
उनले आफ्नै आमा ३६ वर्षीया सिकिलिया देवी खत्वेको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मनोजले घरायसी विवादमा आमाको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
हत्याको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस् ।