img

प्रदीप गिरि चाहन्थे, मेरो शरीर बस्तीपुरमै बिसाइदिनु


५ भदौ, काठमाडौं । कांंग्रेस नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको अन्तिम संस्कार आर्यघाटमा गर्ने सूचना पार्टी कार्यालयले वक्तव्यमार्फत दिएको छ । स्वयम् गिरिले आफूलाई भेट्न आउनेहरू सामु सिराहाको बस्तीपुरमा अन्त्येष्टि गराइदिन आग्रह गरेको थाहा भएको छ ।

अनलाइनखबरको सम्पर्कमा आएका गिरिसँगका अति निकटहरूले यो खुलाएका हुन् । ४० वर्षदेखि गिरिसँग सान्निध्यमा रहेका कांग्रेस नेता रामपल्टन साहले पछिल्लो भेटमा पनि गिरिको सोही इच्छा रहेको बताए ।

गिरिसँग अझ पुरानो संगतमा रहेका कुमुद रन्जन बरालले भनेका छन्,’प्रदीप दाइले पाकैडको रुखलाई हातले देखाउँदै भन्नुभएको थियो, म मरेपछि मलाई यही रुख छेउ जलाउनू। यसो भन्दा उहाँले भावुक भएर आँसु झार्नु भएको थियो ।’

पत्रकार किशोर नेपालले यसको पुष्टि गरेका छन् । फेसबुकमा उनले लेखेका छन्, ‘प्रदीप दाइ चाहनुहुन्थ्यो, उहाँको अन्तिम संस्कार राजधानीको तामझामबाट टाढा बस्तीपुरको शान्त बस्तीमा होस् । उहाँको यो इच्छा पूरा गर्न म सरकारसँग र सम्बन्धितहरूसँग आग्रह गर्छु ।’

गिरिको परिवारसँग जोडिएका व्यक्तिहरूले काठमाडौंमा अन्त्येष्टि गर्न लागिएको भन्दै असन्तुष्टि जनाएका छन् । साभार ः अनलाइन खबर डटकम 


प्रतिक्रिया दिनुहोस् ।