img

मिटरब्याजीविरुद्ध १ सय १४ वटा उजुरी जिल्ला प्रशासन कार्यालय सप्तरीमा दर्ता


अपुर्व न्यूज
कञ्चनपुर, ०७ भदौ । सप्तरीका पिडितहरुले जिल्ला प्रशासन कार्यालय सप्तरीमा मिटरब्याजी विरुद्ध १ सय १४ वटा उजुरी दर्ता भएको छ । सरकारले आइतबारसम्म अन्तिम म्याद राखेर मिटरब्याजी गिरोहविरुद्ध उजुरी दिन आह्वान गरे अनुसार सप्तरीमा १ सय १४ जनाले उजुरी दर्ता गराएका छन् ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम कार्यकक्षमा

मिटरब्याजीहरुको एक गिरोहले सर्वसाधारणको उठिबास लगाइरहेको विषय बाहिरिएपछि मिटरब्याजको धन्दा रोक्न र गिरोहविरुद्ध कारबाही अघि बढाउन सरकारले कार्यदल गठन गरेको छ । मिटरब्याजको धन्दा सञ्चालन गर्ने गिरोहबाट पीडित भएको भन्दै सर्वसाधारणबाट १ सय १४ वटा उजुरी परेको सप्तरीका प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।
सो उजुरीका बारेमा गृह मन्त्रालयलाई जानकारी गराएर जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयले आफै अध्ययन गर्ने बताए ।प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार ठाँडो निवेदन र कतिपयले प्रमाणसहित उजुरी दिएका छन् । ‘एकै जना मिटरब्याजीबाट धेरै जना सर्वसाधारण पीडित भएको उजुरी पनि परेको छ,’ उनले भने, ‘धेरै जना मिटरब्याजीले एकै जनालाई मात्रै पनि पीडित बनाएका रहेछन् ।’

दर्ता भएको निवेदनमाथि प्रमाणको आधारमा सरकारी वकिलसँग समवन्य गरी जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाउने तयारी गरिएको उनले जानकारी दिए । सरकारले उजुरीका लागि दिएको अन्तिम समय सकिएको र अब मिटरब्याजीविरुद्ध उजुरी लिने कि नलिने भन्ने निर्देशन माथिबाट आइनसकेको उनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस् ।