img

जसपा संघीय परिषद् सदस्य श्याम देव यादव प्रदेश सभा सदस्यमा चुनाव लडने


अपुर्व न्यूज
कञ्चनपुर, ०९ भदौ । जनता समाजवादी पार्टीका संघीय परिषद् सदस्य श्याम देव यादव सप्तरी निर्वाचन क्षेत्रनम्बर १ (ख) बाट प्रदेशसभा सदस्य पदमा चुनाव लड्ने तयारी गरेक छन् ।

तत्कालीन संघीय शिक्षक फोरम सप्तरीको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका नेता यादव २०७२ को मधेश आन्दोलनमा भारदहको नेतृत्व गर्दै अहिलेसम्म मधेशीसहितका उत्पीडित जातिसमुदायको पहिचान र अधिकार प्राप्तिको लडाईमा सक्रिय छन् ।

जसपा सप्तरीको जिल्ला सदस्य, जसपा निकट शिक्षक फोरमको जिल्ला अध्यक्ष, निजी शिक्षक हकहितका लागि गठित निजी श्रोत जिल्ला अध्यक्षको जिम्मेवारी बहन गरेका नेता यादव हाल जनता समाजवादी पार्टी नेपालको संघीय परिषद् सदस्यको जिम्मेवारीमा छन् । उनले लामो समयसम्म जनताको हक, अधिकार रक्षाका लागि अग्रपंक्तिमा बसि काम गरेकाले जनताको साथ सहयोग र समर्थन पाउने विश्वास व्यक्त गरे ।
शिक्षण पेशामा रहँदा पनि पार्टीकै काममा समर्पित यादव चुनावी तयारीसंगै थप सक्रिय भएका छ्न । मधेशी, आदिवासी जनजाति, थारु, मुश्लिम, महिला, दलित सहितका उत्पीडित समुदायको पहिचान र अधिकार सुनिश्चितताका लागि लामो संघर्ष गरेकाले पार्टीले टिकट दिने यादवले दाबी गरे ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ घर भएका नेता यादव प्रथम ,दोश्रो र तेश्रो मधेश आन्दोलनमा संयुक्त मधेशी मोर्चाको आन्दोलनमा निरन्तर नेतृत्वदायी भूमिकामा थिए ।

 


प्रतिक्रिया दिनुहोस् ।