img

सप्तरी प्रहरी र स्थानीयबीच झडप


अपुर्व न्यूज
कञ्चनपुर, ०९ भदौ । तस्करी गरेर ल्याएको भन्दैं सप्तरी प्रहरी र स्थानीय बीत झडप भएको हो ।
सप्तरीको बलान विहुल गाउँपालिका–४ बेल्हीमा स्थानीय र प्रहरीबीच झडप भएको छ । मंगलबार दिउँसो घर खानतलासी गर्न पुगेका प्रहरीलाई अवरोध पुर्याएपछि विवाद सुरु भएको थियो । तस्करी गरेर ल्याइएको समान बरामद गर्ने क्रममा झडप भएको हो ।
विवाद बढ्दै प्रहरी र स्थानीय बीच झडप भएको र झडपमा परेर केही प्रहरी र स्थानीय घाइते भएको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
स्थिती नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाइ फायर समेत गरिएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस् ।