img

देश भरीका ५२ स्थानीय तहले अझै बजेट पेश गरेनन्,सप्तरीमा पनि ५ स्थानीय तहले बजेट बुझाएनन्


अपुर्व न्यूज
कञ्चनपुर, ०९ भदौ । ५२ वटा स्थानीय तहले अझै बजेट पेश गर्न सकेका छैनन् । नयाँ आर्थिक वर्ष सुरु भई एक महिनाभन्दा बढी समय बितिसक्दा पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ५२ वटा स्थानीय तहले आर्थिक वर्ष २०७९/८० को बजेट पेश गरेनन् ।

स्थानीय तह

हालसम्म चालु आर्थिक वर्षको बजेट पेश नगर्नेमा प्रदेश १ का २, मधेश प्रदेशका ३५, बागमती प्रदेशका ३, लुम्बिनी प्रदेशका ७, कर्णाली प्रदेशका ३ र सुदूरपश्चिम प्रदेशका २ स्थानीय तह रहेका छन् ।
सप्तरीको १८ पालिका मध्ये अझैं ५ पालिकाले बजेट समयमा पेश गरेन
सप्तरीको कञ्चनरुप नगरपालिका,बिष्णुपुर गाउँपालिका, बलान विहुल गाउँपालिका,बोदेबरसाई नगरपालिकार हनुमाननगर कंकालिनी नगरपालिकाले बजेट पास गरेर मन्त्रालयलाई बुझाएका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अनुसार स्थानीय तहलेअसार दोस्रो साताभित्रैबजटे पेश गर्नुपर्ने व्यवस्था छ ।

संविधान अनुसार हरेक वर्षको जेठ १५ गते संघीय सरकारले असार १ गते प्रदेश सरकार र असार १० गते स्थानीय तहलेबजेट पेश गर्नुपर्ने व्यवस्था छ ।

स्थानीय सरकार सञ्चालन,२०७४को दफा ७१को उपदफा (६)मा नगर/गाउँसभाले असार मसान्तसम्म अगामी आर्थिक वर्षको बजेट पारित गरिसक्नु पर्ने व्यवस्था छ । मन्त्रालयका शाखा अधिकृत चिरजीवी नेपालले गत असार ३१ गते र श्रावण १६ गते दुई पटक सबै पालिकाहरुलाई बजेट पारित भएको विवरण अनिवार्य रुपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्यालयको पोर्टलमा अध्यावधिक गराउन सूचना जारी गरेको थियो ।


प्रतिक्रिया दिनुहोस् ।