img

९ दिने व्यवसायीक आलु चिप्स बनाउने तालिम समापन


अपुर्व न्यूज
मुसहरनिया (सप्तरी) ९ भाद्र । बिष्णुपुर गाउँपालिका वडा नं.३ स्थित दिनाभद्री महिला समुहमा ९ दिने व्यवसायीक भुजिया तथा आलु चिप्स बनाउने तालिम समापन भएको छ ।
सोमबार युरोपियन युनियनको आर्थिक सहयोग,वेल्टहङ्गर्हिल्फेको प्राविधिक सहयोग एवम आसमान नेपालको अगुवाई दलित सरोकार मञ्चको आयोजनामा सञ्चालित ९ दिने तालिमको समापन गर्दै विष्णुपुर गाउँपालिका वडा नं.३ का अध्यक्ष राजेन्द्र सदाले भने मुसहर समुदायका महिलाहरुमा सामाजिक,आर्थिक रुपमा अगाडी बढने बताए ।

सामुहिक तस्विरमा समुहका महिलाहरु

सो समापन समारोहको वडा नं.३ का वडा अध्यक्ष सदाले भने बजारिकरण एवं व्यवसाय गर्न वडा कार्यालय र विष्णुपुर गाउँपालिकाबाट सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।
दलित सरोकार मञ्चका सुशासन सहजकर्ता पुनम देवी सरदारले भनिन् भुजिया तथा आलु चिप्स बनाउने सीपले आर्थिक आर्जन गरि घर परिवार चलाउन तथा बालबालिकाहरुका लागि शिक्षामा सहयोग पुग्ने बताए ।
सो समापन समारोहमा पिडित उत्थान युवा क्लव बिष्णपुरका अध्यक्ष जयदेव राम,परिवर्तन अभिकर्ताद्धय रञ्जु यादव,रामनाथ राम र प्रशिक्षक मनोज यादव,समेत मन्तव्य व्यक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस् ।