img

राष्ट्रिय स्वतन्त्र पार्टीको आज अल्टिमेटम सकिँदै, प्रधानमन्त्री देला गृहमन्त्री ?


काठमाण्डाैं,२१ माघ ।  राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीलाई दिएको दुई दिनको अल्टिमेटम आज सकिँदैछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने ।

गृहमन्त्रीको विवादले समस्या पारेको छ । नागरिकता अवैध ठहर भएपछि पदमुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालयमा फर्किन निकै कसरत गर्दा गठबन्धन संकटमा पर्ने देखिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीलाई दिएको दुई दिनको समय शनिबार सकिँदैछ । यो बीचको छलफल अझै सकारात्मक हुन सकिरहेको छैन । शनिबारसम्म पनि आफूहरुको माग पुरा नभए सरकारमा रहने वा नहने निर्णय लिने रास्वपाले स्पष्ट गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस् ।