img

सहयोगी सहकारीले मासिक प्रगति विवरण सार्वजनिक गरे


अपूर्व न्यूज समाचारदाता ।   
कञ्चनपुर,४ चेत्र ।
सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनरुप ८ सप्तरीले फागुन महिनाको मासिक प्रगति विवरण आइतबार सार्वजनिक गरेको हो ।
सहयोगी सहकारीले आज जारी गरिएको मासिक प्रगति विवरण ।

सहकारी विभागबाट २०७९ श्रावण ३१ गते देशभरका सहकारी संस्थाहरुलाई मासिक प्रगति विवरण जारी गर्न  निर्देशन दिएका थिए । सो निर्देशन बमोजिम सहयोगी सहकारीले शेयर पंजी ३ करोड ३१ लाख ४७ हजार ,जगेडा कोष १ करोड ७९ लाख ५४ हजार २ सय ४७ रुपैंया ५४ पैसा,कुल निक्षेप ३१ करोड ६८ लाख ७७ हजार ३ सय ६१ रुपैंया,लगानीमा रहेको कर्जा  ३१ करोड ३२ लाख २१ हजार ५७ रुपैंया,कुल संस्थागत पुंजी १ करोड ८२ लाख ५९ हजार  ७ सय १२ रुपैया २९ पैंसा,विभिन्न कोषहरुको जम्मा रकम १ करोड ३१ लाख ८२ हजार ३ सय ९८ रुपैया ४७ पैंसा, वासलात ४१ करोड ५३ लाख ६६ हजार ५ सय ९४ रुपैया २६ पैंसाको कारोबार भएको सहकारीका लेखापाल,व्यवस्थापक तथा सह–व्यवस्थापकले संयुक्त हस्ताक्षर गरी सार्वजनिक रहेको हो ।

सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनरुप ८ सप्तरीका अध्यक्ष अनोज यादवले नियमित रुपमा कार्य गर्दै ।

सो सहकारीमा २९ प्रतिशत तरलता रहनुका साथै कुल शेयर सदस्य संख्या ४ हजार ३ सय ७६ जना र कुल ऋणी सदस्य संख्या  ८ सय ३२ जना रहेका छन । उक्त सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एउटा सेवा केन्द्र रहेको सार्वजनिक गरेको हो ।


प्रतिक्रिया दिनुहोस् ।