img

नेपाल टेलिकम कञ्चनपुरले २० औं वार्षिकोत्सवको अबसरमा प्रभातफेरी कार्यक्रम गरी मनाए


अपूर्व समाचारदाता ।
कञ्चनपुर,२२ माघ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड २१ औं वर्षमा प्रवेश अबसरमा सप्तरीको नेपाल टेलिकम दूरसञ्चार कार्यालय कञ्चनपुरले प्रभातफेरी कार्यक्रम गरेका छन् ।

आज विहान नेपाल टेलिकम कञ्चनपुरले २० औं वार्षिकोत्सवसँगै कञ्चनपर स्थित टेलिकम कार्यालयबाट शुरु गरिएको प्रभातफेरी बजारहुदैं बेरियर पुणः कार्यालयमा गई सम्पन्न भएको हो ।

नेपाल कम्पनीले प्रत्येक वर्षको माघ २२ गते आफ्नो वार्षिकोत्सव मनाउने गरेको छ । २०६० साल माघ २२ गते नेपाल दूरसञ्चार कम्पनीका रुपमा भएको हो ।

नेपाल टेलिकम कञ्चनपुरले २० औं वार्षिकोत्सव अबसरमा प्रभातफेरी कार्यक्रममा सहभागि कर्मचारीहरु ।

२० औं वार्षिकोत्सवको अबसरमा नेपाल टेलिकम दूरसञ्चार कार्यालय कञ्चनपुरका सिनियर टेक्नीशियन महेश साहले भने,–टेलिकमद्धारा दिइ रहेको सेवामा ग्राहकबर्गमा राम्रो सेवा प्रवाह भइरहेको बताउदैं सेवामा कुनै किसिमको समस्या नआउन नदिने प्रतिबद्धतासमेत जनाएको हो ।


प्रतिक्रिया दिनुहोस् ।