img

एक आरोपी युवकको कारागारमा मृत भेटिए


कञ्चनपुर, २८ माघ । सप्तरीको राजविराज कारागारमा एक जना बलात्कार आरोपी मृत अवस्थामा भेटिएका छन् ।
बलात्कार मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरिएका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ६ कदमाहाका १९ वर्षीय देबेन्द्र मण्डल मृत अवस्थामा भेटिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी ढुन्डीराज नेउपानेले जानकारी दिए ।

फाइल फोटो

उनका अनुसार उनी कारागारभित्रको शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन ।
गत साउन १३ गते १५ बर्षीया बालिकालाई गत साउन १३ गते राति अपहरण गरी बलात्कार गरेको आरोपमा प्रहरीले साउन १७ गते पक्राउ गरि मुद्दा चलाएको थियो ।
जिल्ला प्रहरी कार्यालयले मण्डललाई गत साउन १७ गते पक्राउ गरेको थियो । प्रहरी कार्यालयमा गत साउन १८ गते बलात्कारको उजुरी दर्ता भएकोमा सप्तरी जिल्ला अदालतमा गत भदौ १० गते अभियोगपत्र दायर भएको थियो । जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलाशले मण्डललाई भदौ ११ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा राख्ने आदेश दिएको थियो ।


प्रतिक्रिया दिनुहोस् ।