img

उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव निर्वाचित


कञ्चनपुर, ३ चैत्र ।  उपराष्ट्रपतिमा जसपाका सांसद रामसहाय यादव निर्वाचित भएका छन्।  आज भएको निर्वाचनमा यादवले संघीय सांसद र प्रदेशसभा सांसदहरूको ५१३ जनाको मतभार प्राप्त गरे।

संघीय र प्रदेशसभा सदस्य मतदाता हुने उपराष्ट्रपति निर्वाचनमा ८२९ जनाले मतदान गरेका थिए । जसमा संघका ३३४  र प्रदेशसभाका ५१८ जनाले मतदान गरेका थिए ।

निर्वाचनमा संघीय संसदका २१ अनुपस्थित रहेका थिए । नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यले प्रदेशसभातर्फ १६९ र संघका १०४ सांसदले मत पाइने भने जनमत पार्टीकी ममता झाले प्रदेशमा १५ र संघबाट २३ मत ल्याइन्।


प्रतिक्रिया दिनुहोस् ।