img

शिक्षकहरुले तलवभत्ता माग गर्दै आज कञ्चनरुप नगरपालिकाको मुल गेटमा तालाबन्दी गर्ने


अपूर्व समाचारदाता ।
कञ्चनपुर ,१७ माघ ।
सप्तरीको कञ्चनरुप नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयका शिक्षक,कर्मचारीहरुले तलवभत्ता माग गर्दै बुधबार(आज) नगरपालिकाको मुल गेटमा तालाबन्दी गर्ने भएका छन ।
कञ्चनरुप नगरपालिका नगर प्रमुख ललन प्रसाद गुप्ताले प्रमुख प्रशासकीय अधिकृतलाई बजेट खर्च गर्न अख्तियारी नदिएपछि शिक्षकहरुले मंगलबार दिनभरी धर्नामा बसेका हो ।
हिजो(मंगलबार)आन्दोलनरत शिक्षकहरुले नगरमा ¥यालीसहित विरोध प्रदर्शन गरेका छन् । सर्वोदय माध्यमिक विघालय कञ्चनपुरकाका प्रधानाध्यापक तारानन्द मल्लिकले आज कुनै किसिमको ठोस निर्णय नआएमा नगरपालिको मुल गेटमा १० बजे तालाबन्दी गर्ने बताए ।
प्रधानाध्यापक मल्लिकले तिन महिना बितिसक्दा समेत शिक्षक,कर्मचारीहरुको तलब नपाउँदा समस्या भएको हो । २०८० माघ ९ गते नगर प्रमुख ललन प्रसाद गुप्ता ,उपप्रमुख मुना पोखरेललाई तलब निकासा सम्बन्धि ज्ञापनपत्र बुझाउँदा समेत कुने पनि सुनुवाइ नभएको कारण बाध्य भएर आन्दोलनमा गएको हो ।

धर्नामा बसेका प्रधानाध्यापक, शिक्षक,कर्मचारीहरुहरुले भने,– हाम्रो उचित सुनुवाई नभएमा माघ १७ गते १० बजे तालाबन्दी गर्ने कञ्चनरुप नगरपालिकाकी उपप्रमुख मुनाकुमारी पोखरेललाई जानकारी गराएका थिए ।

यता नगर प्रमुख ललन प्रसाद गुप्ता माघ १५ देखि २२ गते सम्मको लागि बाहिर गएको छ । नगर प्रमुख गुप्ताले आफु बाहिर अबधीभरीका लागि नगर उपप्रमुख मुना कुमारी पोखरेललाई जिम्मेवारी दिएका छन् ।
धर्नामा बसेका शिक्षक,कर्मचारीहरुलाई नगर उपप्रमुख मुनाकुमारी पोखरेलले शिक्षकहरुको तलब निकासा सम्बन्धि ज्ञापनपत्र सम्बन्धी नगर प्रमुखसँग छलफल गर्दा कुने चासो नदिएको बताइन् । प्रधानाध्यापक, शिक्षक,कर्मचारीहरुहरुको आन्दोलनमा उपप्रमुख पोखरेलले भनिन् मेरो पनि समर्थन रहेको बताईन् ।
प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले अख्तियारी नदिएको कारणले शिक्षक,कर्मचारीहरुलाई तलव खुवाउन नस्क्ने बताए । उक्त शिक्षक आन्दोलनले नगरपालिका भित्र रहेका ३३ वटा सामुदायिक विद्यालयमा अध्ययनरत १३ हजार ७ सय ८१ जना विद्यार्थीको पढाई अवरुद्ध हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस् ।