img

गठबन्धनकै सरकारद्धारा जनतालाई राहत र देश विकासको गति अगाडि बढने ं ः जसपाका अध्यक्ष उपेन्द्र यादव


अपूर्व न्यूज समाचारदाता ।
राजविराज,८ पुस । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले गठबन्धनकै सरकारद्धारा जनतालाई राहत र देश विकासको गति अगाडि बढाउने बताएको हो ।
जसपाका अध्यक्ष यादवले बर्तमान गठबन्धनलाई नै निरन्तर अघि बढाउने भएकोले गठबन्धनकै सरकारद्धारा जनतालाई राहत र देश विकासको गति अगाडि बढाउने पक्षमा रहेको भन्दै उनले अरुले आफ्नो शक्ति आर्जन गर्दै सत्तामा जानु खोज्नु कुनै अस्वभाविक नभएपनि आफूहरु गठबन्धनकै सरकारलाई अघि बढाउने बताए ।

‘सबै दिन सरकार तोड्ने बनाउने खेल भइरहे मुलुकलाई कुनै फाइदा हुँदैन् । नोक्सानी नै हुन्छ’ राजविराजमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले भने, ‘राजनीतिक स्थिरता पनि विकासको आधार हुन्छ । हामी अस्थिर राजनीति गर्ने पक्षमा छैनौं ।’

उनले देश आर्थिक राजनीति दुबै संकटबाट गुज्रिरहेको समेत बताए । विगतको संघर्षले स्थापित संघीय गणतन्त्रलाई समाप्त पार्ने षडयन्त्र भइरहेको उनको भनाई छ ।

 


प्रतिक्रिया दिनुहोस् ।