img

नेपाल र भारत जनताबीच अतुलनीय सम्बन्ध रहेता पनि दुबै देशका राज्य संयन्त्रले खेलबाड गरिरहेको छ ः लोसपा नेपालका वरिष्ठ नेता महतो


अपूर्व न्यूज समाचारदाता ।
राजविराज, १० पुस ।    नेपाल भारत खुला सिमा संवाद समूहले सोमबार राजविराजमा आयोजना गरेको राजविराज–कुनौली सम्बन्ध बिषयक अन्तर सम्वाद कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल र भारतबीचको दुई देशको सम्बन्ध

सोमबार राजविराजमा कार्यक्रमका प्रमुख अतिथी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले यी दुबै देशका जनतालाई दैनिक रुपमा समस्या खेप्नु परिरहेको बताए । नेपाल र भारत देश बन्नुअघि नै यी क्षेत्रका जनताबीच राम्रो सम्बन्ध रही आएको चर्चा गर्दै महतोले सिमामा बस्ने यी दुबै देशका बासिन्दासँग दुबै देशका राज्य संयन्त्रले खेलबाड गरिरहेको बताए ।
जनताको भावना नबुझेर काठमाडौं र दिल्लीले आ–आफ्नो तरिकाले काम गरिरहेको बताउँदै उनले जनताको भावना अनुसार दुबै राज्यले काम गर्नुपर्ने बताए । यी दुई देशका बासिन्दाबीच विशिष्ट सम्बन्ध रही आएको चर्चा गर्दै बक्ताहरुले सीमामा बस्नेहरु राज्य संयन्त्रका कारण जहिल्यै पनि दुःख भोगिरहेको बताए ।

यी दुई देशको सिमामा तार जाली लगाएर समस्याको समाधान नहुने बताउँदै उनले अपराधिक गतिविधि नियन्त्रणका लागि विशिष्ट समाधान खोज्नुपर्ने बताए ।

कार्यक्रममा पूर्व सिंचाई मन्त्री उमेश कुमार यादवले दुबै देशका सरकारले सिमामा बस्ने प्रति ध्यान नदिएको बताए । ‘सिमामा बस्नेहरु अझै पछि परेको र उत्पीडनमा परेका छन्’ नेकपा माओवादी केन्द्रका नेता समेत रहेका उनले भने, ‘काठमाडौं र दिल्ली यसतर्फ पटक्कै ध्यान दिइरहेको छैन। नेपाल र भारतबीचको विशिष्ट सम्बन्धका बीच जनतामा समस्या ल्याउँदै काठमाडौं र दिल्ली नाजायज काम गरे दुबै तिरका जनता एकजुट हुनुपर्नेमा उनले जोड् दिए ।

कार्यक्रममा भारत कुनौलीका पूर्व ब्लक प्रमुख अरबिन्द गुप्ताले नेपाल र भारतबीचको बेटीरोटीको सम्बन्ध कायम गर्नुपर्ने बताए । उनले नेपालीकै कारण भारतको कुनौली बजार र भिमनगर बजार चलिरहेको बताउँदै नेपालमा चुनाव भएर सिमा बन्द हुँदा कुनौलीका सबै पसल बन्द हुने गरेको बताए ।

कार्यक्रममा पूर्व मन्त्री चन्द्रकान्त चौधरी, जिल्ला समन्वय समितिका प्रमुख शिबनारायण साह, हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख बिरेन्द्र माझी, नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देव, राजविराज नगरपालिकाका पूर्व मेयर शम्भु यादव, उप मेयर साधना झा, जसपाका जिल्ला अध्यक्ष केदार यादव सहितकाले दुई देशको सम्बन्धबारे चर्चा गरेका थिए ।
नेपाल भारत खुला सिमा संवाद समूहका जिल्ला अध्यक्ष गजेन्द्र मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा समूहका जिल्ला सचिव निरज मुक्तीले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रमका संचालन जितेन्द्र जितुले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस् ।