img

जिल्लाकै मुहार फेर्ने गरी उदेश्यका साथ गरिएका कामहरुको सूची बोकेर जनताको घरदैलोमा ः उपेन्द्र यादव


अपूर्व समवददाता ।
राजविराज, २४ कार्तिक । जनताले जनप्रतिनिधिहरुसँग अधिकांश सोध्ने प्रश्न हो । चुनाव जितेर गएपछि पाँच वर्षमा तपाईले हाम्रा लागि के गर्नु भो ? त । जनताको घरदैलोमा जाने अधिकांश जनप्रतिनिधिहरु जनतासामु मौन हुन्छन् । तर सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट बनेका उम्मेदबार जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव फरक पात्र हुन् ।

नेता तथा कार्यक्रतासँग अध्यक्ष उपेन्द्र यादव

सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट सांसद बनेका उनी गर्वका साथ जिल्लाकै मुहार फेर्ने गरी उदेश्यका साथ गरिएका कामहरुको सूची बोकेर जनताको घरदैलोमा जाने गरेका छन् । हुन त विभिन्न तत्वहरुले आम जनतामा उपेन्द्रको विषयमा विभिन्न भ्रमहरु फैलाईएका रहेछन् । तर उनले निर्वाचन क्षेत्रमा स्वास्थ्य, शिक्षा, कृषि, सडक, भौतिक पूर्वाधार लगायतका उदाहरणीय कामहरु तथा विगतमा गरेका संघर्षहरुबाट मधेशी, आदिवासी, दलित, जनजाति, महिला, मुस्लिम, पिछडावर्ग लगायतका समुदायका हक अधिकारका लागि आरक्षण, समावेशिता, संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत सहितका विषयमा प्रष्ट पार्दै गएपछि आममतदाता प्रभावित हुने गरेको तथा कतिपय त तत्कालै विभिन्न पार्टी छाडेर जसपा प्रवेश गर्ने गरेका छन् ।

कार्यक्रताको नेतृत्वमा मत माग्दै उपेन्द्र यादव

उपेन्द्र यादवले चुनावमा मतदाता सामु कुनै बाचा गरेका थिएन । तर उनी प्रतिनीधिसभा सदस्यमा निर्वाचित भएपछि मिशनका साथ काम गरे । किनभने सप्तरी जिल्लाले दर्जनौं राष्ट्रिय नेताहरु जन्माए । दर्जनौं नेताहरु मन्त्री पनि बने । तर सबैले झुठा आश्वानमा देखाएर मतदाताहरुलाई ठगे । अहिले पनि विभिन्न रुपमा आएका उम्मेदवारहरु झुठा आश्वासन बाड्नमै व्यस्त छन् ।
रिफर सेन्टर रुपमा पाएको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल जुन पचास शैय्याको मात्र थियो । आज मुहार फेर्दैछ । ४२० शैय्याको अत्याधुनिक अस्पतालको रुपमा परिणत भएको छ । उनी उपप्रधान तथा स्वास्थ्यमन्त्री हुँदा ४१ करोड रुपैयाँ अस्पताललाई उपलब्ध गराएर द्रुत गतिमा काम अगाडि बढाउन लगाए । अस्पतालमा कार्डियाक भवन र एनेक्स भवन निर्माण, चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आवास भवन सहितका निर्माण कामहरु अन्तिम चरणमा पुगेको छ । उनले मन्त्रालयबाटै अत्याधुनिक युएसजी मेसिन, सी.टी. स्क्यान सहितका छुट्टा छुट्टै वार्डकालागि अत्याधुनिक मेसिनहरु उपलब्ध गराए । तीमध्ये केही उपकरणहरु जडान भईसकेको छ भने केही जडानको क्रममा रहेको छ ।

उपेन्द्र यादवको विशेष पहलमा राजविराज नगरपालिका १० स्थित बिरौलमा रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको छ । कुल ६१ बिघा ६ कठ्ठा जग्गामा भवन निर्माणका लागि टेण्डर समेत भईसकेको छ । प्रतिष्ठानकै श्रोत अस्पताल अर्थात शिक्षण अस्पतालको रुपमा गजेन्द्रनारायण सिंह अस्पताललाई अगाडि बढाईएको छ ।

भौतिक पूर्वाधार सम्पन्न भई दरबन्दी अनुसारको विशेषज्ञ चिकित्सक लगायत स्वास्थ्यकर्मीहरुको पूर्ती भईसके पछि मधेश प्रदेश र १ नम्बर प्रदेशमै सुविधा सम्पन्न अस्पतालको रुपमा स्थापित हुने प्रतिनिधि सभा सदस्यका उम्मेदवार उपेन्द्र यादवको परिकल्पना छ ।

प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदबार उपेन्द्र यादवलाइ एक महिला मतदाताले आर्शिवाद दिदैं ।

चुनावी घरदैलोमा रहेका उनले आममतदातासँग सप्तरीमा गरेका काम, मधेश आन्दोलनको उपलब्धीहरुबारे स्मरण गराउने गरेका छन् । आमजनतामा थरिथरिका भ्रमहरु छर्ने गरेकोले त्यसबाट सचेत रहँदै जसपा र जसपाका उम्मेदवारहरुलाई उम्मेदवारलाई जिताएर सङ्घीयता र पहिचानवादीहरुले जवाफ दिनेमा जसपा अध्यक्ष उपेन्द्र यादव विश्वस्त छन् ।

 


प्रतिक्रिया दिनुहोस् ।