img

सिरहाको एक महिलालाई आर्थिक अभावका कारण उपचार गराउन नसके पछि सहयोगका लागि सबै सँग याचना


दिपेन्द्र पासवान ।
कुशहा,२९ चैत्र । सिरहाको सखुवानन्कार कट्टी एक महिला अहिले आर्थिक अभावका कारण उपचार गराउन नसके पछि सहयोगका लागि सबै सँग याचना गरेकी छिन् ।
सिरहाको सखुवानन्कार कट्टी गा.पा.३ की २३बर्षिय चन्द्रिका चौधरी गत माघ देखि जण्डिस रोगबाट पिडित रहेकी उनी उपचारको लागि लहान,भारतको दरभंगा र धरान लगायतका ठाउँहरुमा उपचार गराउँदै आए पनि स्वास्थ अबस्थामा सुधार नभए पछि फेरि बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार गराउन लगेको पिडित बिरामीका बुबा हृदय नारायण चौधरीले आर्थिक सहयोग गर्न आग्रह गरिएको हो।

पिडित चन्द्रिकाका १ बर्ष ६ महिनाका एक छोरा छन्। पुर्णरुपमा भुमिहिन रहेका उनका परिवारमा जेठाजुहरु मनोज र प्रमोद चौधरीले बैदेशिक रोजगारीबाट पठाएको रकमबाट अहिले सम्म उपचार गराउँदै आएको पिडित बिरामीका बुबा चौधरी बताए । उनका अनुसार उक्त पैसाबाट नपुग्ने भएपछि भएभरको सबै सम्पत्ति बेचें अब केही छैन बाँकी उनले भने ।

हाल सम्म ५लाख भन्दा बढी खर्च भईसक्यो अब के गर्ने,गाउँमा कसैले ऋण पनि दिदैन मिटर ब्याजका करण भन्दै दुखेसो पोखे ।अन्त्यमा उनले समाजिक संजाल मार्फत आफ्नो ज्यान बचाई दिन सबै संग सहयोगका लागि याचना गरेकिछिन्।

बिरामीकी आफन्त पुनम कुमारी चौधरीकी एन आई सी एशिया बैंक लहान शाखाको खाता नं.३६५४३७७७०५५२४००१ मा सकिने सहयोग रकम जम्मा गर्न गरिदिन आग्रह गरिन् 

पिडित परिवारले आफन्तले सहयोगी हातहरुलाई आग्रह गर्दै भने, पुनम कुमारी चौधरीकी एन आई सी एशिया बैंक लहान शाखाको खाता नं.३६५४३७७७०५५२४००१ सकिने सहयोग रकम जम्मा गर्न अनुरोध गरिएको हो ।


प्रतिक्रिया दिनुहोस् ।