img

छिन्नमस्ता गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा ललन कुमार यादव


सप्तरीको छिन्नमस्ता गाउँपालिकाको नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत ललन कुमार यादवलाई भब्य स्वागत गरिएको छ । गाउँपालिकामा बुधबार हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत यादवलाई जनप्रतिनिधि र कर्मचारीहरुले भव्य स्वागत गरेको हो ।

छिन्नमस्ता गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा ललन कुमार यादव

गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरी लगायतका जनप्रतिनिधि र कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत यादवलाई माला, खादा, गम्छा र अविर लगाएर स्वागत गरे । अध्यक्ष चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष राजुदेवी यादव, वडा नम्बर १ का अध्यक्ष ललन यादव, २ का अध्यक्ष सिकिन्द्र यादव, ३ का अध्यक्ष विजय यादव, ४ का अध्यक्ष गजानन्द यादव ५ का अध्यक्ष जयप्रकाश ठाकुर, ६ का अध्यक्ष कप्लेश्वर साह ७ का अध्यक्ष अच्छेलाल यादव, योजना शाखा प्रमुख भगवान दास, समाजसेवी अजित ठाकुर लगायतका गाउँपालिका अन्तर्गतका बिभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरुको उपस्तिथि रहेको थियो ।

यसअघिका प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार यादवको सरुवा भएपछि ललन कुमार यादव गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएको अध्यक्ष चौधरीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस् ।