img

मधेश प्रदेश सरकारले दलित उत्थानका लागि दलित सशक्तीकरण नियामावली २०७८ संसोधन गर्ने


जनकपुर,जेष्ठ ५ गते । मधेश प्रदेशको समाजिक विकास मन्त्रालयले दलित सशक्तीकरण नियामावली २०७८ संसोधन गर्ने भएका छन । सो नियामावली २०७८ संसोधन गर्न दलित अभियान्ता भोला पासवानको संयोजकत्वमा ५ सदस्य समिति गठन गरेका छन ।

दलित विकास समितिका पदाधिकारी तथा सुझाब समितिका पदाधिकारी बीच नियामावली संशाेधन बारे छलफल गर्दै ।

दलित विकास समितिको कार्यालयमा दलित सशक्तीकरण नियामावली २०७८ मा रहेको सदस्यहरुको काम,कतव्र्य अधिकार सहित सेवासुबिधा लगायत अन्य विषयहरु परिमार्जनको लागि बिहीबार समाजिक विकास मन्त्रालयले दलित अभिन्याता भोला पासवानको संयोजकत्वमा ५ सदस्य समिति गठन गरेको थियो । समितिका सदस्यहरुमा पूर्व प्रदेश सांसद चमेलीदेवी दास,चन्देश्वर दास,रामो महरा र चन्देश्वर पासवान रहेका छन् ।

सुझाव समितिको संयोजक भोला पासवानको अध्यक्षतामा बसेको पहिलो बैठकले दलित सशक्तिकरण ऐन २०७६ र दलित सशक्तीकरण नियामावली २०७८ मा अध्ययन गरि शनिबार पुन ःबैठक बसेर नियामावली परिमार्जनको ड्राफट तयार गर्ने र दलित अगुवा र कानून व्यवसायसँग छलफल गर्ने निर्णय गरेको समितिका सदस्य रामो महराले बताए ।

सुझाव पेश गर्न समितिलाई ५ दिनको समय दिइएको छ । समितिका संयोजक भोला पासवानले नियामावली परिमार्जन गर्न समय सिमा कम भएकोले समाजिक संजालबाट समेत सुझाव दिन आग्रह गरेका छन् । बैठकमा दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठा,सदस्य राजकुमार दास र श्याम सरदारले समितिका संयोजक र सदस्यहरुलाई खादा ,समितिको डायरी र क्यालेण्डरले सहित सम्मान गरेका थिए ।


प्रतिक्रिया दिनुहोस् ।