img

लाेसपाले आज संविधान दिवसलाई ‘विरोध दिवस’ को रुपमा मनाउने,असोज ४ गते सम्म नागरिकता विधेयक प्रमाणिकरण नभए सघर्षमा जाने


अपुर्व न्युज
काठमाडौं, ३ असोज । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले संविधान दिवसलाई ‘विरोध दिवस’ को रुपमा मनाउने निर्णय गरेको छ।

शनिबार लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गरी संविधानमा पूर्ण रुपमा सहमति नरहेको भन्दै आफूहरुको मागलाई संविधान संशोधन नभएसम्म विरोध रहिरहने उल्लेख गरेका छन् । लोसपाले असाेज ३ गते (आज) सोमबार संविधान दिवसलाई विरोध दिवसको रुपमा मनाउन पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुलाई पालिका स्तरसम्म विरोधका विभिन्न कार्यक्रमहरु गर्न आग्रह गरेको हो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरकाे हस्ताक्षरित प्रेस विज्ञप्ती

सो प्रेस विज्ञप्ति संघिय संसदको दुवै सदनबाट दोश्रो पटकसमेत पारित भई प्रमाणिकरणका लागि राष्ट्रिपती  समक्ष पेश भइसकेकोले साे नागरिकता विधेयक निर्धारित समयमानै प्रमाणिकरण गरी लाखौं नेपाली युवाहरुलाई अनागरिक र राज्य विहिनता अबस्थाबाट बचाउन आग्रह गर्दै असोज ४ गते सम्म नागरिकता विधेयक प्रमाणिकरण नभए राष्ट्रियता,लोकतन्त्र,मानवअधिकार र नागरिक अधिकारको रक्षा गर्न पार्टी बाध्य भई सघर्ष जाने ध्यानाकर्षण गराएको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य एवं दलित नेता श्यामसुन्दर सरदारले बताए ।


प्रतिक्रिया दिनुहोस् ।