img

सहिदको सम्झनामा कांग्रेसका बरिष्ट नेता काेईरालाद्धारा माल्यार्पण


उपेश नौबाग
ललितपुर,१४ असोज । ललितपुरको नख्खु स्थित सहिद स्मृति दिवसको सम्झनामा सहिद स्मृति पार्क संरक्षण तथा विकास समिति ललितपुरले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेका हो ।

स्वर्गीय सहिदहरु सालिकमा माल्यार्पण गर्न नेपाली कांग्रेसका बरिष्ट नेता शेखर काेईराला प्रवेश गर्दै ।

शनिबार ललितपुर महानगरपालिका वडा नं.१३ स्थित एकान्तकुनामा सहिद स्मृति दिवस २०८० को अबसरमा स्वर्गीय लिलानाथ दाहाल,ठगीराज दाहाल,खगेन्द्रराज दाहाल र गोकर्ण कहादुर कार्कीको सालिकमा माल्यार्पण तथा आउदै गरेको चाडहरु बिजय दशमी,शुभ दिपावली,छठ पर्व र नेपाल संवत्को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना हो ।

सहिदहरु सालिकमा माल्यार्पण गर्न नेपाली कांग्रेसका ललितपुर जिल्ला सभापती जितेन्द्र मलिक श्रेष्ठ,ललितपुर महानगरपालिका वडा नं.१३ का वडा एकाई कमिटि सभापती जितेन्द्र गजुरेल र ललितपुर जिल्ला सदस्य एवम् महासमिति सदस्य उपेश नौबाग उपस्थित हुदै ।

सो अबसरमा देशलाई प्रजातन्त्र प्राप्तीका लागि महत्वपुर्व योगदान गर्दा सहिद भएका स्वर्गीय सहिदहरु सालिकमा माल्यार्पण गर्न नेपाली कांग्रेसका बरिष्ट नेता शेखर काेईराला, नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व तरुण दलका अध्यक्ष तिजजंग बस्नेत,ललितपुर जिल्ला सभापती जितेन्द्र मलिक श्रेष्ठ,ललितपुर महानगरपालिका वडा नं.१३ का वडा एकाई कमिटि सभापती जितेन्द्र गजुरेल र ललितपुर जिल्ला सदस्य एवम् महासमिति सदस्य उपेश नौबाग लगायत नेता तथा कार्यक्रताहरु पुगेका थिए ।

 

 


प्रतिक्रिया दिनुहोस् ।