img

करेन्ट लागेर बृद्धको मृत्यु


राजविराज, ९ साउन ।
सप्तरीको खडक नगरपालिका वडा नं. ११ मा सोमबार करेन्ट लागेर एक बृद्धको ज्यान गएको छ ।
सो नगरपालिका लालपुर मण्डल टोल निवासी ६० वर्षिय घुरन खंगको करेन्ट लागेर ज्यान गएको हो ।
धान बालिमा सिंचाई गर्नका लागि खेतमा राखिएको मोटर खोल्ने क्रममा उनलाई करेन्ट लागेको वडा सदस्य राजकुमार साहले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस् ।