img

दलित अधिकार र सशक्तिकरण भएपनि कार्यान्वयन भएन ः योजना आयोगका सदस्य डा ः जयकान्त राउत


कञ्चनपुर(सप्तरी),२ फागुन । राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतले दलित अधिकार र दलित सशक्तिकरण राजनीतिक दलहरुको प्रमुख एजेण्डा भए पनि अहिले सम्म कार्यान्वयन नभएको बताए ।

दलित सरोकार मञ्च नेपाल सप्तरीद्वारा आयोजित दलित अधिकार कायान्वयनका लागि राष्ट्रिय योजना आयोगको भूमिका विषय अन्तरक्रिया कार्यक्रममा दलित अगुवाहरू ।

सोमबार दलित सरोकार मञ्च नेपाल सप्तरीद्वारा आयोजनामा दलित अधिकार कायान्वयनका लागि राष्ट्रिय योजना आयोगको भूमिका विषय अन्तरक्रिया कार्यक्रममा आयोगका सदस्य डा. जयकान्त राउतले सो कुरा बताएका हुन । उनेले भने,‘जब सम्म समुदायका दलित गरिबहरुको उन्नती हुदैन तब सम्म देशको विकास हुनसक्दैन । अहिले सम्म दलित सिमान्तकृत समुदायको बिकास नहुनुको कारण राजनीतिक दल तथा संघसंस्थाले उनीहरु प्रति इमान्दारीक्ता नदेखाउनु हो ।’

दलित सरोकार मञ्च नेपालले राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतलाई ज्ञापन पत्र समेत बुझएका छन । ज्ञापन पत्रमा दलित सशक्तिकरणका लागि अल्पकालिन र दिर्घकालिन योजना बनाउनका लागि सुझाव दिएका छन् ।

दलित र सिमान्तकृत समुदायका शिक्षा, स्वास्थ्य, रोजगारीमा दलितहरु प्राथमिकतामा राखेर नीति बनाउनुपर्ने जोड दिइएको थियो ।
संयुक्त दलित सर्घष समिति कञ्चनरुप नपाका संयोजक रामदेव शर्मा खत्वे र मञ्चका कार्यकारी निर्देशक भोलाकुमार पासवानले ज्ञापन पत्र बुझाएका थिए । उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा.राउतलाई सम्मान समेत गरिएको थियो ।
डाक्टर राउतले आयोगले तयार गर्ने अगामी १६ औं योजनामा दलित,महिला र सिमान्तकृत समुदायको मुद्धालाई सम्बोधन गर्नेगरी योजना बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोलाकुमार पासवानले आयोगमा मधेशी,दलित,महिला र सिमान्तकृत समुदायबारे आयोगले व्यहारमा कार्यान्वयन गर्ने गरि योजना बनाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा कञ्चनरुप नपाका दलित अगुवाहरुको समेत सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस् ।