img

नदी दोहन र बालुवा तस्करी नियन्त्रण गर्ने प्रतिबद्धता ः नवआगन्तुक डिएसपी दिपक कुमार राय


अपुर्व सम्ववादाता
कञ्चनपुर,(सप्तरी) ४ फागुन । इलाका प्रहरी कार्यालय कञ्चनपुरका नव आगन्तुक डिएसपी दिपक कुमार रायले राज्य मुख्य स्रोत एवम् वातावरण प्रर्दुशन हुन नदिन र नदी दोहन र बालुवा तस्करी नियन्त्रण गर्न लागि पर्ने प्रतिबद्धता जनाएका छन् ।
बिहीबार स्थानीय राजनीतिक दल,नागरिक समाज र पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा डिएसपी रायले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । कार्यक्रममा ओबिसी महाँसघका अध्यक्ष भरत प्रसाद महतोले दिउँसै बालुवा तस्करी भएपनि कुनै कार्यवाही नभएको र बालुवा तस्करीले बस्ती सखाप हुन लागेकोले त्यसतर्फ ध्यान दिन आग्रह गरेका थिए ।
लागु औषध,सडक दुर्घटना,वन्यजन्तुका समस्या,कम उमेरमा विवाह र घरेलु हिंसा मुख्य समस्या रहेको पत्रकार भोला पासवानले सुझाउँदै काम सर्वसाधरणलाई राम्रो सेवा दिन आग्रह गरेका थिए ।

प्रहरी र समाज एक अर्काको परिपूरक भएको बताउँदै डिएसपी रायले भने,‘ अपराध अनुसन्धानका क्रममा सहयोग र सूचना समाजले नै दिने भएकोले प्रहरी र समाज एकअर्काको परिपूरक छ ।’ डिएसपी रायले कञ्चनरुप नगरपालिकाको मुख्य चौकमा तत्काल प्रहरीलाई परिचालन गर्ने बताए ।

कार्यक्रममा कञ्चनरुप नगरपालिकाकी उपप्रमुख मुनाकुमारी पोखरेल,सप्तकोशी नपाका नगरप्रमुख कृष्णप्रसाद ढकाल,अग्नीसाईर कृष्णासवरन गापाकी उपाध्यक्ष कल्पना चौधरी र संयुक्त दलित सर्घष समितिका नगर संयोजक रामदेव शर्मा खत्वेले दलित लगायत सिमान्तकृत समुदायले महसुस हुने गरि सेवा प्रवाह गर्न आग्रह गरेका थिए ।


प्रतिक्रिया दिनुहोस् ।