img

सप्तरी प्रहरीले एकै दिनमा २२ फरार प्रतिवादी पक्राउ


कञ्चनपुर(सप्तरी)सप्तरी ११ माघ । सम्मानित जिल्ला अदालतबाट विभिन्न मुद्घाहरुमा फैसला भई प्रहरीले एकै दिनमा २२ फरार प्रतिवादी पक्राउ गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरी

खोजतलास गर्ने क्रममा गाउँघरमै बुधवार प्रहरीले कञ्चनरुप नगरपालिकाका १८ जना र राजगढ गाउँपालिकाका ४ जना गरी २२ जना फरार प्रतिवादीलाई पक्राउ गरी सप्तरी जिल्ला अदालतमा हाजिर गराइएको प्रहरीले जानकारी गराएका छन् ।
लुटपिट मुद्घामा पक्राउ परेका कञ्चनरुप नगरपालिका ११ का बर्ष ६५ को विनय कुमार चौधरी र बर्ष ६७ को योगेन्द्र प्रसाद चौधरीलाई एक हजार नौ सय पाँच रुपैयाँ जरिवाना तोकिएको छ । यसैगरी पक्राउ परेका वडा नम्वर ११ का बर्ष ४९ को शम्भु चौधरी, बर्ष ४८ को श्रीराम चौधरी, बर्ष ५१ की सन्तु सरदारलाई पाँचसय परिवाना र पाँच महिना २० दिन कैद सजाय तोकिएको छ । बर्ष ३९ को महेन्द्र चौधरीलाई सातसय ३० रुपैयाँ जरिवाना र छ महिना कैद सजाय र बर्ष ५१ को देवु सरदारलाई दुईसय रुपैयाँ जरिवाना र छ महिना कैद सजाय तोकिएको छ । यिनिहरु वन पैदावार मुद्दामा पक्राउ परेका हुन् ।
वन पैदावर मुद्घामा पक्राउ पर्नेहरुमा सोहि वडाका बर्ष ५० को जुगाई सरदार, बर्ष ५९ को नोथनी सरदार, बर्ष ६१ को बुद्घिलाल सरदार, राम प्रसाद सरदार, बर्ष ४० को आशाराम सरदार, बर्ष ४९ को शीत कुमार सरदार, बर्ष ५९ को कारी बहादुर चौधरी, बर्ष ४० को जयराम सरदार, बर्ष ३५ को शिवशंकर सरदार, बर्ष ६७ को सुकदेव चौधरीलाई दुईसय जरिवाना र छ महिना कैद सजाय तोकिएको छ ।
सालसाच मुद्घामा फरार प्रतिवादी राजगढ गाउपालिका ३ का चारजनालाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेहरुमा बर्ष ५० को रामदेव मोची, बैजनाथ राम, बर्ष २९ को राज कुमार राम र इनरजित पासवान रहेकाछन् । पासवानलाई पाँचसय जरिवाना तोकिएको छ भने बाँकी अरुलाई एकसय २५ रुपैयाँ दण्डजरिवाना तोकिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिइएका छन् ।


प्रतिक्रिया दिनुहोस् ।