img

वृद्धभता निकासा ढिलो भएको भन्दैं कञ्चनरुप नगरपालिकाको कार्यालयमा डेलिकेशन


अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर,४ फागुन । जेष्ठ नागरिक,विधवा भता,अपाङ्ग,बालपोषण भता तथा वृद्धभता निकासामा ढिलो भएको भन्दैं बिहिबार कञ्चनरुप नगरपालिकाको कार्यालयमा डेलिकेशन गएको हो ।

कञ्चनरुप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामनारायण साह जेष्ठ नागरिकहरु सँग वृद्धभता निकासा बारे छलफल गर्दै ।

जेष्ठ नागरिक,विधवा वृद्धभता ,अपाङ्ग तथा बालपोषण वृद्धभता निकासामा ढिलो भएको भन्दैं कञ्चनरुप नगरपालिका वडा नं.८ निवासी जेष्ठ नागरिक बिसो पासवानको अगुवाईमा गएका जेष्ठ नागरिकहरु कञ्चनरुप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामनारायण साह सँग छलफल गरी छिटो उक्त भक्ताहरु निकासा गर्न आग्रह गरिएको हो ।

कञ्चनरुप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामनारायण साहले,–भने म यस कार्यालयमा हाजिर भएको आएको भर्खरै ५ दिन भएकोले जेष्ठ नागरिक पासवान सँग भने एक/दुई दिन भित्र निकासा भई बैंकमा दाखिला हुने र बैंकले आपनो प्रक्रिया अनुसार वितरण गर्ने बताए ।

कञ्चनरुप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत साहले,–थपे जेष्ठ नागरिक हामी सबैको बुबा,आमा भएको भन्दैं सो वृद्धभतामा धेरै नै आर्षित रहेको यस निकासा प्रक्रिया म आफैं सक्रिय भई लागिरहेको बताए ।
कञ्चनरुप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत साहले,–भने विकासको कामहरु लगायत अन्य धेरै कार्यहरु गरिरहेको यस नगरपालिकाको समग्र विकास निमार्ण कार्यमा सबै पक्ष सँग सहयोगकाे अपेक्षा गरेका छन ।


प्रतिक्रिया दिनुहोस् ।