img

राजेन्द्र महतो र महेन्द्र राय यादव आमने–सामने,सत्ता गठबन्धनकै दुई दलका दुई नेताबीच प्रतिस्पर्धा


सर्लाही,२३ असाेज । सर्लाहीको क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकै दुई दलबीच प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनभित्रकै नेपाल समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच प्रतिस्पर्धा हुने भएको हो ।

प्रतिस्पर्धामा उत्रिएका दुवै दलले मित्रवत् प्रतिस्पर्धा गर्ने जनाएका छन् । नेपाल समाजवादी पार्टी संघिय परिषद्का अध्यक्ष एवं निवर्तमान संसद् महेन्द्र राय यादव नेकपा माओवादी केन्द्रबाट उम्मेदबार रहने र लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो आपसमा प्रतिस्पर्धा गर्नका लागि मनोयन दर्ता गराउँदै छन् ।

यादव र महतो दुवैले आफ्नो पकडको क्षेत्र रहेको दाबी गर्दै क्षेत्र छाड्न चाहेनन्, जसले गर्दा उनीहरू दुवै आपसमा प्रतिस्पर्धा गर्न तयार भएका हुन् ।

०७० सालको निर्वाचनमा पनि यी दुवै नेता सोही क्षेत्रबाट उम्मेदवार बनेका थिए । तर‚ त्यसबेला यादवले महतोलाई पराजित गर्दै निर्वाचित भएका थिए । ०७४ को चुनावमा भने महतोले धनुषाबाट चुनाव लडे ।

यस पटकको चुनावमा यी दुवै नेता फेरि आमनेसामने भएका हुन् । एकै क्षेत्रबाट निर्वाचनमा होमिने तयारी गरेका दुवै नेतानिकट कार्यकर्ताहरूले आफूहरूले जित्ने दाबी गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस् ।