img

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई समर्थन कायमै राख्दैं,सरकारबाट आपना मन्त्री फिर्ता हुने निर्णय


काठमाण्डौं,२२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) सरकारलाई समर्थन राख्दैं, सरकारबाट आपना मनत्रीहरु गर्ने निणर्य गरेको हो ।
केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री गठबन्धनको भावनाअनुसार अघि नबढेको भन्दै सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी

यद्यपि सरकारलाई दिएको समर्थन भने कायमै रहने निर्णय भएको एक नेताले जानकारी दिए । यसबारे जानकारी दिन रास्वपाले केहीबेरमा पत्रकार सम्मेलन गर्दैछ ।
सभापति रवि लामिछानेको नागरिकता अवैध ठहर भएपछि गुमेको मन्त्री पदमा लामिछानेलाई तत्काल पुनर्बहाली गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल तयार नभएपछि रास्वपा असन्तुष्ट थियो ।
शनिवार गृहबाहेकको मन्त्रालय लिएर सरकारमा नै बस्ने गरी रविले सकारात्मक सन्देश प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई दिएका थिए ।
गत मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ गरी २० सीट जितेको थियो ।
समग्रमा चौथो दल बनेको रास्वपा सरकारमा एमाले र माओवादीपछि तेस्रो ठूलो शक्तिका रूपमा थियो । हाल रास्वपाका १९ सांसद छन् । ११ पुसमा लामिछाने उपप्रधानमन्त्री र गृहमन्त्री भएका थिए । पछि मन्त्रिपरिषद् विस्तारमा रास्वपाबाट शिक्षामा शिशिर खनाल र श्रममा डोलप्रसाद अर्याल मन्त्री भएका थिए । डा। तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री भएकी थिइन् ।
रास्वपाका इन्दिरा राना मगर उपसभामुख चयन भइसकेकी छिन् । रास्वापाका बाहिरिए पनि प्रधानमन्त्री प्रचण्डलाई बहुमत सांसदको समर्थन कायम छ ।


प्रतिक्रिया दिनुहोस् ।