img

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीले बुझाए प्रधानमन्त्रीलाई सामुहिक राजीनामा


काठमाडौँ,२२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डलाई सामुहिक राजीनामा बुझाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकाे प्रेस विज्ञप्ती

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर रास्वपाको तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्की राजीनामा बुझाएका हुन् ।
आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले पार्टीबाट मन्त्री बनेकाहरुले आइतबार नै सामुहिक राजीनामा बुझाउने जानकारी दिएका थिए ।


प्रतिक्रिया दिनुहोस् ।