img

प्रत्यक्षतर्फ सप्तरीमा १८ जना महिला उम्मेदबार


अपूर्व न्यूज सम्वाददाता
कञ्चनपुर, २६ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाकाे निर्वाचनमा प्रत्यक्षतर्फ सप्तरीमा १८ जना महिला उम्मेदबार बनेका छन् ।
सप्तरी निर्वाचन कार्यालयमा कुल १ सय ८१ जनाको उम्मेदबार बनेकोमा १८ जना महिलाको मात्रै मनोनयन पत्र दर्ता भएको छ ।
प्रतिनिधीसभामा ५ जना महिलाले उम्मेदबारी दिँदा प्रदेश सभामा १३ जना महिलाको उम्मेदबारी परेको छ ।
प्रतिनिधीसभामा क्षेत्र नम्बर १ बाट टिकालक्ष्मी चौधरीले उम्मेदबारी दिएकी छन् । उनी नागरिक उन्मुक्ति पार्टीबाट मनोनयन पत्र दर्ता गराएकी छन् ।

निर्वाचन अायाेग नेपाल

प्रतिनिधी सभा सदस्य पदका लागि क्षेत्र नम्बर २ बाट तीन जना महिलाको उम्मेदबारी परेको छ । नेपाल संघीय समाजवादी पार्टीबाट प्रमिला देवी मण्डल, पिछडावर्ग निषद दलित जनजाती पार्टीबाट सुमित्रा मण्डल र नेपाली जनता दलबाट चन्द्र कुमारी देवले उम्मेदबारी दिएका छन् ।
क्षेत्र नम्बर ४ बाट माधुरी कुमारी साहको प्रतिनिधी सभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदबारी परेको छ ।
प्रदेश सभातर्फ १ को(‘क) बाट शशीकला कुमारी चौधरी र १ को(‘ख) सुनिता कुमारी मलाहले उम्मेदबारी दिएकी छन् । चौधरीले नेपाल कम्युनिष्ट पार्टीबाट र मलाहले नेपाल मजदूर किसान पार्टी (नेमकिपा) बाट उम्मेदबारी दिएकी छन् ।
निर्वाचन क्षेत्र नम्बर २ को (‘क) बाट तीन जना महिलाको उम्मेदबारी परेको छ । चन्द्रकला सिंह र पुनिता कुमारी ठाकुरले स्वतन्त्र उम्मेदबारी दिँदा बिणा देवी यादवले नेपाल मजदूर किसान पार्टी ९नेमकिपा० बाट उम्मेदबारी दिएकी छन् ।
सो निर्वाचन क्षेत्र नम्बर २ को (ख) बाट पनि तीन जना महिलाको उम्मेदबारी परेको छ । प्रतिमा कुमारी देवले नेपाली कांग्रेस (विपी) बाट उम्मेदबारी दिँदा सकुन्तला देवी यादव र रिंकु देवी यादवले स्वतन्त्रबाट उम्मेदबारी दिएकी छन् ।
क्षेत्र नम्बर ३ को (क) बाट गिरिजा कुमारी चौधरीले नेपाल कम्युनिष्ट पार्टीबाट उम्मेदबारी दर्ता गराएकी छन् । क्षेत्र नम्बर ३ को ‘ख’ बाट ऐलिना आचार्यले राप्रपाबाट र डोमनी देवी रामले राप्रपा नेपालबाट उम्मेदबारी दिएकी छन् ।
क्षेत्र नम्बर ४ को (क) बाट चिन्तादेवी सिंहले स्वतन्त्र उम्मेदबारी दिँदा क्षेत्र नम्बर ४ को (ख) बाट ललिता देवी लताले स्वतन्त्र रुपमै उम्मेदबारी दिएकी छन् ।


प्रतिक्रिया दिनुहोस् ।