img

सबल नेपालले सप्तरी जिल्लामा समाजिक क्षेत्रमा महत्वपुर्ण कार्य ः महासंघका अध्यक्ष श्रवण कुमार देव


अरुण अक्षय
राजविराज, १ कार्तिक । नेपाल पत्रकार महासंघका अध्यक्ष श्रवण कुमार देवले सबल नेपालले सप्तरी जिल्लामा समाजिक क्षेत्रमा महत्वपुर्ण कार्य गर्दै आएको बताए ।
सप्तरीको राजविराजमा सोमबार सबल नेपालको १७ औ साधारण सभा कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट महासंघका अध्यक्ष देवले सो कुरा बताए । महासंघका अध्यक्ष देवले भने,-

सप्तरी युथ नेपाल र सबल नेपालको सहकार्यमा राजविराजमा १ सय २८ हप्तै नै बिगतमा सरसफाईको कार्यहरु गरेर समुदायका लागि राम्रो काम गरेको छ ।
सो कार्यक्रममा युवाहरुको लागि राज्यले गर्न नसकेको काम अहिले सबल नेपालले युवाहरुका रोजगारीका लागि सहयोगि बनेको बताए ।

जिल्लामै खुल्ला दिशा मुक्त घोषण गरेर सबल आफैमा सबल नै बनेको बताउदै एउटा बालकलबबाट सुरु भएको यो संस्थाले अहिले पश्चिमी भेगका जनताहरुको लागि उपलब्धि कार्यहरु गरि रहेको छ ।

सबल नेपालका अध्यक्ष जुना गिरीको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा गैसस महासंघका बरिष्ठ उपाध्यक्ष ध्रुव प्रसाद देव,सेभ द चिल्ड्रेनका सप्तरी प्रमुख खिलानाथ निरौला,समाजसेवी सुर्यनारायण यादव,बरिष्ठ पत्रकार बैद्यनाथ झा,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ललिता साह,गैसस महासंघका जिल्ला अध्यक्ष र बलदेव मंडललगायतकाले अगामी सफल कार्यको शुभकामना ब्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा बिभिन्न क्षेत्रका ब्यक्ति तथा संचारकर्मीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रम संचालन भने सबल नेपालका कोषाध्यक्ष आयुष श्रोष्ठले गरेका छन । सबल नेपालले जिल्लाको पश्चिम र दक्षिणी भेगको खडक र सुरुङगा नगरपालिकाको खानेपानी,बालबिकास,बिभिन्न समाजिक क्षेत्र,शिक्षा,स्वास्थ्य,कृषि लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस् ।