img

साधरण सदस्यसमेत नरहने गरी कांग्रेसका भगवती प्रसाद यादवद्धारा पार्टी परित्याग


अपूर्व सम्वददाता ।
कञ्चनपुर, २ कार्तिक । नेपाली कांग्रेस सप्तरी क्षेत्र नं.१(ख)को उपसभापति भगवत्ति प्रसाद यादबले साधरण सदस्यसमेत नरहने गरी सम्पुर्ण जिम्मेबारी एवम् पार्टी परित्याग गरेका छन् ।

नेपाली कांग्रेसका उपसभापति भगवती प्रसाद यादब

नेपाली कांग्रेस पार्टी सप्तरी संसदीय क्षेत्र नम्बर १ (ख)को उपसभापति भगवत्ति प्रसाद यादबले बुधबार एक प्रेस विज्ञप्ति प्रकाशति गर्दै पार्टीको सम्पूर्ण जिम्मेबारी तथा साधरण सदस्य एवं उपसभापति पदबाट समेत राजिनामा दिएको उल्लेख गरेका छन् ।

साे विज्ञप्तिमा भनिएको छ,‘म सप्तरी जिल्ला तिरहुत गाउँपालिका–४ डिमन बस्ने भगवत्ति प्रसाद यादब नेपाली काग्रेस पार्टीको सप्तरी संसदीय क्षेत्र नम्बर १ (ख)को उपसभापति पदमा निर्वाचित भई कार्य गरिरहेकोमा आजैकै मितिबाट पार्टीका सम्मपूर्ण जिम्मेबारी,सादरण सदस्य समेत उपसभापति पदबाट राजीनामा दिएको यसै प्रेस विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौं ।’

तिन बर्षअघि मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट नेपाली काग्रेसमा प्रवेश गरेका थिए । भगवत्ति प्रसाद यादब नेपाली काग्रेसको १४ औं महाधिवेशनबाट काग्रेस पार्टीको दीय क्षेत्र नम्बर १ (ख)को उपसभापति पदमा निर्वाचित भएका थिए ।


प्रतिक्रिया दिनुहोस् ।