img

विजयदशमीको अबसरमा क्लवद्धारा सरसफाई कार्यक्रम


अपूर्व न्युज
विष्णुपुर(सप्तरी) ११असेज ।  सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं.७ स्थित पिडित उत्थान युवा क्लवद्धारा सरसफाई कार्यक्रम गरिएको छ ।
सो विजयदशमी,शुभदिपावली तथा छठ पर्वको अबसरमा “बाटोघाटो घर घर सरसफाई मे दिऔँ ध्यान नारा” लगाउदै छिननमस्ता सडक खण्ड विष्णुपुर नहर चौकदेखि मुख्य मुख्य सडकहरुमा रहेको फोहरलाई सरसफाई गरेको क्लवका अध्यक्ष जयदेव रामले बताए ।

  • सो सरसफाई कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट बोल्दैं विष्णुपुर गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष लोचन साहले भने,– विजयदशमीको नजिक आएर सरसफाई अभियान गरेकोमा क्लवका पदाधिकारीहरुलाई धन्यवाद दिदैं अध्यक्ष साहले भने,मेरो कार्यकालमा पिडित उत्थान क्लवलाई संस्थागत सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । सो सरसफाई कार्यक्रममा विष्णुपुर गाउँपालिकाका कार्यपालिका सद्स्य अशोक कुमार राम,भद्रभलादमी,युवा विधार्थीलगायत क्लवका पदाधिकारीहरुको उपस्तिथिमा सो सरसफाई कार्यक्रम भएको हो ।

प्रतिक्रिया दिनुहोस् ।