img

आफ्नै पार्टीविरुद्ध उम्मेदवार बने पूर्वमन्त्री र पूर्वसांसद


अपूर्व सम्वाददाता
कञ्चनपुर(सप्तरी), २४ असोज । आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नै पार्टीलाई चुनौती दिँदै प्रतिनिधि सभामा १० जना र प्रदेश सभामा ६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
माओवादी केन्द्र सप्तरीका इन्चार्ज तथा पूर्वसांसदसमेत रहेका अशोककुमार मण्डल, जनता समाजवादी पार्टीका नेता तथा सप्तरी निर्वाचन क्षेत्र नं. १ का निवर्तमान सांसद डा. सूर्यनारायण यादवका भाइ चन्द्रनारायण यादव निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा र नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य एवम् पूर्वजनसंख्या तथा वातावरण मन्त्रीसमेत रहेका हेमराज तातेडले प्रदेश सभा १ (क) मा बागी उम्मेदवारी दिएका हुन् ।

यसैगरी स्वतन्त्र उम्मेदवारी दिने अन्यमा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य पदका लागि अग्निसाइबर कृष्णासंवरण गाउँपालिका वडा नं. ३ का विद्यानन्द लेखी, कञ्चनरूप नगरपालिका वडा नं. ३ का इन्जिनियर दिलिप चौधरी, हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ का सर्वेशकुमार नायक, सर्वोच्च अदालतका पूर्वन्यायाधीश अवधेश यादवका छोरा राजविराज नगरपालिका वडा नं. ५ का इन्जिनियर कविन्द्र यादव, कञ्चनरूप नगरपालिका वडा नं. ९ रूपनगरका हाडजोर्नी विशेषज्ञ डा. रोहितकुमार पोखरेल, हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ९ का प्रकाशकुमार नाहटा र तिरहुत गाउँपालिका–४ का माओवादी केन्द्र सप्तरीका इन्चार्ज तथा पूर्वसांसद अशोककुमार मण्डल, फजिल मंसुरी र नारायण ठाकुरसमेत छन् ।

यसरी आफ्नै पार्टीविरुद्ध स्थानीय नेताहरूले नै स्वतन्त्र उम्मेदवारी दर्ता गरेका कारण पार्टीका आधिकारिक उम्मेदवारहरूलाई अप्ठेरो पर्ने देखिएको छ । यसरी स्वतन्त्र उम्मेदवारी दिनेहरू टिकटका आकांक्षी थिए । तर आफूहरूले अपेक्षा गरेअनुसार टिकट नपाएपछि उनीहरू आफ्नै पार्टीका उम्मेदवारविरुद्ध बागीका रूपमा खडा भएका हुन् । पार्टीका आधिकारिक उम्मेदवारलाई नमानी आफ्नै पार्टीविरुद्ध चिनिएका नेताहरू नै खडा भएपछि अब यो क्षेत्रमा कसले बाजी मार्ला भन्ने अनुमानमै भर पर्नुपर्ने भएको छ ।

स्मरण रहोस् एमाले जसपा गठबन्धन जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवम् मघेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह(राम बाबू) नेता तथा कार्यक्रताका साथ सप्तरी निर्वाचन क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यमा,प्रदेशसभा१काे(क) मा एमालेका केन्द्रिय सदस्य तथा नेता राजकुमार लेखी र अन्नपुर्ण क्याम्पस कञ्चनपुरका क्याम्पस प्रमुख सुदम्बर यादव प्रदेशसभा १ (ख)बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालय गइ दर्ता गराएका छन्।

मघेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह(राम बाबू) नेता तथा कार्यक्रताका साथ सप्तरी निर्वाचन क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालयतर्फ प्रस्थान गर्दैछ ।

अर्को तर्फ सता गठबन्धनतर्फबाट सप्तरी निर्वाचन क्षेत्र नं.१ बाट प्रतिनिधिसभामा नेपाली कांगे्रसका सप्तरी जिल्ला अध्यक्षसमेत रहेका रामदेव साहको उम्मेदबारी दर्ता गरिएको छ ।
सोही सता गठबन्धनतर्फबाट प्रदेशसभा सदस्य पदमा निर्वाचन क्षेत्र नं.१ (क)मा माओबादी केन्द्रबाट बेचन प्रसाद चौधरी तथा प्रदेशसभा पदमा निर्वाचन क्षेत्र नं.१ (ख)मा नेपाली कांगे्रसबाट बद्रीनारायण महत्मान आफना नेता तथा कार्यक्रताको साथमा कञ्चनरुप न.पा.८ स्थित निर्वाचन कार्यालयमा गई उम्मेदबारी दर्ता गराएका हो ।

 


प्रतिक्रिया दिनुहोस् ।