img

राजविराज नगरपालिका कार्यवाहक प्रमुख परवीन र प्रमुख प्रशासकीय अधिकृत गुरुङबीच एक आपसमा समन्वय र सहकार्य गरेर अघि बढ्ने सहमति


राजविराज, १६ फागुन । राजविराज नगरपालिकामा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतबीच देखिएको विवाद समाधान भएको छ ।

बैठकमा प्रमुख जिल्ला अधिकारी थापा, कार्यवाहक प्रमसख परवीन, प्रमुख प्रशासकीय अधिकृत गुरुङ, एसपी गजुसिद्दी बज्राचार्य, अनुसन्धानका एसपी सुरेन्द्र कोइराला, नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देव, उद्योग बाणिज्य संघका महासचिव अमृत सन्चेतीसहितको उपस्थिति ।

नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परवीन तथा प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद गुरुङबीच एक आपसमा समन्वय र सहकार्य गरेर अघि बढ्ने सहमति भएको हो । विवाद्का कारण पछिल्लो तीन सातादेखि कामकाज अवरुद्ध थियो । नगरपालिकाका जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद गुरुङलाई फागुन १ गतेदेखि कामकाज नगर्न निर्णय गरेको थियो । त्यसकाविरुद्द प्रमुख प्रशासकीय अधिकृत गुरुङ उच्च अदालत जनकपुर राजविराज इजलासमा रिट दिएका थिए ।
अदालतले शुरुमा अल्पकालीन र १० फागुनमा अन्तरिम आदेश दिदै गुरुङलाई कामकाजमा कुनै अवरोध नगर्न भनेको थियो ।

अदालतले आदेश दिएपनी गुरुङको कार्यकक्षमा ताला लाग्दा उनी बाहिरै बसेर कामकाज गरिरहेका थिए । आज उनको कार्यकक्षको ताला खुलेको छ । कार्यवाहक प्रमुख परवीनले प्रमुख प्रशासकीय अधिकृत गुरुङलाई कामकाज गर्न हिजो पनि अवरोध नगरेको र अब पनि नगर्ने बताएकि छिन् ।

जिल्ला प्रशासन कार्यालयमा बैठकमा परवीनले अवरोध नगर्ने र गुरुङले पनि समन्वय, सहकार्य गरेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यवाहक प्रमुख परवीनले आफू कानुनभन्दा बाहिरको कुनै काम गर्न कहिले पनि दवाव नदिएको बताइन । ‘कानुन अनुसार मिल्ने काम मात्रै गर्नुस भनेर भन्दै आएकी छु’ उनले गुरुङलाई भनिन् ‘कानुन विपरीतका कामको फाइल आए डस्टबिनमा फालिदिनुस ।’
गुरुङले अब नगरपालिकाको योजना, बजेट र कार्यक्रमलाई सहज तरिकाले अघि बढ्ने विश्वास व्यक्त गरे ।
बैठकमा प्रमुख जिल्ला अधिकारी थापा, कार्यवाहक प्रमुख परवीन, प्रमुख प्रशासकीय अधिकृत गुरुङ, एसपी गजुसिद्दी बज्राचार्य, अनुसन्धानका एसपी सुरेन्द्र कोइराला, नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देव, उद्योग बाणिज्य संघका महासचिव अमृत सन्चेतीसहितको उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस् ।