img

माँ जानकी सेवा समाजद्वारा पीडितलाई खाद्यान्न सामग्रीसहित आर्थिक सहयाेग


मनोज पासमान
धनुषा, ९ माघ । जिल्लाको सबैला नगरपालिका वडा नं. १३ स्थित रघुनाथपुर हकरौल टोल बस्ने मधेस आन्दोलनको योद्धा सोभित पासमानलाई खाद्यान्न सामग्रीसहित आर्थिक सहयोग समेत गरेका छन।

खाद्यान्न सामग्रीसहित आर्थिक सहयोग ग्रहण गर्दै पिडित परिवार ।

मंगलबार माँ जानकी सेवा समाजले पासमालाई उक्त संस्थाले १ सय केजि चामल,५ किलो दाल,२लिटर खाने तेल,२किलो नुन,२किलो चुउरा ३किलो मुरहि,२पिस डिटोल साबुन,र ५ हजार ५ सय रुपैंया नगरसहित १२ हजार बराबरको सहयोग गरेको संस्थाको अध्यक्ष युनिक साहले बताए।
पासमान बिगत २०बर्ष देखि मधेसको राजनीतिकमा सकृय भैई मधेसको विभिन्न आन्दोलनमा आन्दोलनकारिको रुपमा भुमिका निर्वाह गर्दै आएका छन। बिगत ३बर्ष देखि बिश्लेन्द्र पासमाको निकट रहेका बहुजन शक्ति पार्टिको जिल्ला सचिवको पदमा रहेका थिए।
यता पासमानको परिवारिक अवस्था निकै कम्जोर रहेकोले अहिले परिवारमा आयआर्जन कोहि नभए पछि पत्नीले कमाएर जसोतसो घरपरिवार चलाई रहेको र पत्नीले कमाएको रकमबाट घरपरिवार चलाउन समेत कठिनाइ भैरहेको छ भने उपचार कसरी गराउने चिन्तामा सोभित पासमान दिनदिनै कम्जोर हुदै गएको छ। यता सोभितको कान्छो भाई रामदयाल पासमानले समय समयमा उपचार गराइरहेको र भाईकै सहयोगमा बाचिरहेको पीडित पासमानले बताए।
आफ्नो उपचारको लागि सहयोग गरिदिन सम्पुर्ण समाजसेवी संघसंस्था जनप्रतिनिधिलाई समेत पासमानले आग्रह गरेका छन।


प्रतिक्रिया दिनुहोस् ।