img

बलात्कार घटनाकी पीडितलाई इन्सेकद्धारा आर्थिक सहयोग


अपूर्व न्यूज समाचारदाता
सिराहा,१८ फागुन ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेशले बलात्कार घटनाकी पीडित युवतीलाई बिहिबार आर्थिक सहयोग प्रदान गरेको छ ।
धनगढीमाई नगरपालिककी २२ वर्षीया सुस्त मनस्थिती भएकी बलात्कार घटना पीडित युवतीलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेशले आर्थिक सहयोग प्रदान गरेको हो ।

पक्राउ

पीडितलाई इन्सेकका मधेश प्रदेश संयोजक राजु पासवान, धनगढीमाई नगरपालिका वडा ३ का वडा अध्यक्ष बिरेन्द्र कुमार साह र मानव अधिकार संरक्षण केन्द्र संजालका संयोजक उमेश बिसुन्कले संयुक्त रुपमा १० हजार रुपियाँको चेक हस्तान्तरन गर्नु भएको हो ।
धनगढीमाई नगरपालिका वडा नंं. १० का ३७ वर्षीय आशाराम दासले युवतीलाई २०८० फागुन १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरुद्ध इलाका प्रहरी कार्यालय लहानमा फागुन १४ गते उजुरी दिएको पीडितकी आमाले बताइन् । पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल लहानमा फागुन १४ गते भएको हो ।

घटनाको जानकारी हुनासाथ आरोपितलाई फागुन १४ गते गिरफ्तार गरी जिल्ला अदालतबाट फागुन १५ गते ७ दिनको म्याद थप गराएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी रविन्द्रराज पाण्डेले बताएको हो ।

इन्सेक मधेश प्रदेशका प्रदेश संयोजक पासवानले पीडितको आर्थिक अवस्था कमजोर रहेको र उजुरी खर्चसमेत नरहेको हुनाले पीडितलाई कानुनी प्रक्रिया र स्वास्थ्य उपचारको लागि सहयोग गरेको बताएको हो ।

 


प्रतिक्रिया दिनुहोस् ।