img

महादेवाका अग्निपीडितलाई एक दिनको तलब दिने घोषणा ः छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी


अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर,१९ बैशाख । सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टीका अग्निपीडितलाई राहतको लागि छिन्नमस्ता गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुले एक दिनको तलब भता दिने घोषणा गरेको छ ।


सप्तरीको छिन्नमस्ता गाउँपालिकाको कार्यालय

छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले भने, अग्निपीडितहरूलाई विपत्तिको समयमा समस्यासँग लडन छिन्नमस्ता गाउँपालिकाका सम्पुर्ण कर्मचारी तथा सम्पुर्ण जनप्रतिनिधिले एक दिनको तलब भत्ता दिने जनाकारी दिए ।
छिन्नमस्ता गाउँपालिका अध्यक्ष चौधरीले,विपत्तिमा सबै एक जुट भै लाग्न समेत आग्रह गर्दै सप्तरीका सम्पूर्ण स्थानीय सरकार प्रमुखलाई  सहयोग गर्न आग्रह गरेको हो ।

सप्तरीको महादेवा गाउँपालिका १ चिम्टीमा आगलागीबाट पुर्ण क्षति भएको खाद्यान्न सामाग्रीहरु ।

छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्जवल आनन्दले पालिकामा ३ सय जना कर्मचारी रहेको जानकारी दिए । आनन्द भने, सबै प्रक्रिया थालेर छिटै पीडितहरुलाई चेक हस्तान्तरण गर्ने बताए ।
मंगलबार दिउँसो त्यहाँ भएको भिषण आगलागीबाट २ सय भन्दा बढी परिवार घर बिहिन भएका छन् ।


प्रतिक्रिया दिनुहोस् ।