img

सकियो राहु पूजा, पुजारीले बाँसमा बाँधेको तरबारको धारमा टेकेर उभिने चलन कष्टकर विधि


कञ्चनपुर(सप्तरी), २७ माघ । सप्तरीको कञ्चनरुप नगरपालिका–८ बेरियरमा ‘राहु पुजा’ सम्पन्न गरिएको छ ।
कञ्चनरुप नगरपालिका वडा नं.८ का स्थानीय पासवान युवाहरुकाे सामुहिक प्रयासले सार्वजनिक रुपमा शुक्रबार कञ्चनपुर बेरियर स्थित ईलाका प्रहरी कार्यालय आगाडी उक्त राहु पुजा गरिएको हो ।

बाँसमा बाँधेको तरबारको धारमा टेकेर उभिएका पुजारी छुतहरु पासवान साथमा श्रदालुहरू ।

राहु पूजामा विषेश गरी सूर्य भगवानको आराधना गरिन्छ । सूर्य भगवानले अन्य कुनै जातिले दिएको अर्घ्य स्वीकार नगर्ने तर दुसाध जातिले दिएको स्विकार्ने मान्यताका आधारमा दुसाध जातिकै पुजारी बनाउने परम्परा छ ।
जुनसुकै जाति, धर्म र समुदायका व्यक्तिले गर्ने यो पूजामा पुजारी भने दुसाध (पासवान) जातिकै हुने परम्परा छ ।
कष्टपूर्ण पूजा
राहु पूजा अत्यन्तै कष्टपूर्ण मानिन्छ । पुजारीले बाँसमा बाँधेको तरबारको धारमा टेकेर उभिने, उम्लँदै गरेको खीरको भाँडामा हात हालेर खीर चारैतिर छर्किने, बल्दै गरेको आगोमा हिँड्ने र भेडालाई दाँतले चेपेर घुमाउने परम्परा छ ।

राहु पुजामा अास्था राखेर पुजा बसेका महिला श्रदालु

भेडा नमरेसम्म छोड्न भने मिल्दैन । यिनै चार प्रक्रिया ‘राहु पूजा’ को विशेष आकर्षण भएको स्थानीय लक्षमी पासवान बताउँछन् ।
पुजारीले एक साताअघिदेखि नै पुजा लगाउने मुख्य व्यक्ति वा सामुहिक रुपमा पुजा गर्ने व्यक्तिको घरमा आएर बस्ने तथा पूजामा प्रयोग हुने बाँसलाई बाँसघारीमै गएर पूजाआजा गरी निम्तो दिने चलन छ । सोही बाँस पूजाको दिन काटेर ल्याई तरबार बाँध्न प्रयोग गरिन्छ ।

सप्तरीकाे सुङ्गगा नगरपालिका वडा नं.७ बसनपट्टिका चोहरमल हरिनारायण पासवानले भेडा नमरूजेल छाडदैंन ।

राहु पूजा गर्दा सन्तान प्राप्ति हुने, आवाजविहीनको आवाज आउने, दीर्घ रोग निको हुने, सुख समृद्धि प्राप्त हुने र इच्छा गरेको वस्तु पाइने जनविश्वास छ । दलित जातिका पुजारी राखेर हरेक वर्ष तराई–मधेसमा मनाइने गरिने ‘राहु पूजा’ यस वर्ष पनि सप्तरीकाे कञ्चनरूप नगरपालिकामा सामुहिक प्यासमा सार्वजनिक रूपमा राहु पुजा सम्पन्न गरिएको छ । यस वर्षको राहु पुजामा लहान नगरपालिका नं.१० पिररबाेनीका छुतहरु पासवान पुजारी थिए भने सुङ्गगा नगरपालिका वडा नं.७ बसनपट्टिका हरिनारायण पासवान चोहरमल रहेका छन । पुजामा पुजारीका सहयोगीहरु रसिलाल पासवान,सूर्यनारायण पासवान,रमान्नद पासवान,सबुरी पासवान र बच्चु पासवान रहेका छन् ।

उम्लँदै गरेको खीरको भाँडामा हात हालेर खीर बनाउदैं प्रसाद रूप ग्रहन

परापूर्वकालदेखि चल्दै आएको पूजामा सप्तरीको विभिन्न नगरपालिका तथा गाउँपालिका लगायतसीमावर्ती भारतीय क्षेत्रका भक्तजन एवम् सर्वसाधारणहरुको उपस्थिती रहेका थिए ।
यस वर्ष कञ्चनरुप नगरपालिकाका मेयर ललन प्रसाद गुप्ता, प्रमुख प्रशासकिय अधिकृत रेणुका शाह,ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख डिएपी रामकुमार यादव, राजनीतिक दलका प्रतितिधि,समाजसेवी,भद्रभलादमीसमेत पूजामा सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस् ।