img

दलित समुदायको सशक्तिकरणका लागि सिराहामा दलित कार्यपालिका सदस्यहरुद्धारा संजाल निमार्ण


मिर्चेया(सिराहा), २७ माघ । दलित समुदायको उत्थान सशक्तिकरण तथा सशक्तिकरणका लागि सिराहाका जिल्लाका दलित समुदायका कार्यपालिका सदस्यहरुले संजाल निमार्ण गरेका छन् ।

सिराहा स्थित मिर्चैयामा जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा अतिथि एवम् दलित कार्यपालिका सदस्यहरु सहभागी ।

शुक्रबार सिराहाको मिर्चेया होटल हालिडेमा दलित सरोका मञ्च नेपाल,सप्तरीको आयोजनामा ‘दलित सशक्तीकरण ऐन २०७६ कार्यान्वयनको अवस्था ः आगामी दिनमा कार्यपालिका सदस्यहरूको भूमिका’ विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा उक्त भेला भएका कार्यपालिका सदस्यहरुले संजाल निमार्ण गरेका हुन् ।

उक्त भेला कार्यक्रममा बोल्दै दलित सरोकार मञ्च नेपाल,सप्तरीका कार्यकारी निर्देशक निर्देशक भोला पासवानले राज्यको नीतिमा झन्झटिल्लो प्रक्रिया, प्राविधीक ज्ञानको अभाव, पहुँचको अभाव र नागरिकताको समस्यालगायतका समस्याले महिला, हजारौं दलित एवम् सिमान्तकृत समुदायहरुको मतदाता सुचीमा नाम छुट्टै बताए ।

सिराहा धनगढीमाई नगरपालिकाका कार्यपालिका सदस्य हिकराम विश्वकर्मा अध्यक्षतामा १७ सदस्य दलित समुदायका कार्यपालिका सदस्यहरुको जिल्लास्तरीय संजाल,सिराहा गठन भएको छ ।
सो समितको उपाध्यक्षमा सिराहा नगरपालिकाका कार्यपालिका सदस्य तारा देवी सदा,सचिवमा सखुवानन्करकटी नगरपालिका कार्यपालिका सदस्य अजय कुमार दास,सहसचिवमा कर्जनाहा नगरपालिकाकी कार्यपालिका सदस्य अस्मिता कुमारी विश्वकर्मा र औरही गाउँपालिकाका कार्यपालिकाका सदस्य रामदेव राम कोषाध्यक्षमा गोलबजार नगरपालिकाका कार्यपालिका सदस्य रामप्रसाद पासवान चयन भएका छ । संजालका सदस्यहरुमा लक्षमीपुर पतारी गाउँपालिकाकी कार्यपालिका सदस्य अनिता देवी मण्डल,बरियारपटी गाउँपालिकाकी कार्यपालिका सदस्य बसन्ती देवी राम, नगराजपुर गाउँपालिकाकी कार्यपालिका सदस्य कुमारी देवी मण्डल,विष्णुपुर गाउँपालिकाकी कार्यपालिका सदस्य सुनिता राम,लहान नगरपालिकाकी कार्यपालिका सदस्य उर्मिला देवी दास,सुखीपुर नगरपालिकाका कार्यपालिका सदस्य सुकन मोची,अर्नामा गाउँपालिकाकी कार्यपालिका सदस्य उषा कुमारी मण्डल,भगवानपुर गाउँपालिकाकी कार्यपालिका सदस्य हिरादेवी दास र नहरा गाउँपालिकाका मुसहरु महरा रहेका छन् ।
दलित समुदायबाट निर्वाचित सिराहा जिल्ला भरीका स्थानीयतहका २ वडाअध्यक्ष र ४५ कार्यपालिका सदस्य गरी ४७ जनप्रतिनीधी सहितको भेलामा सहभागिता रहेको थियो । मधेश प्रदेशको १ सय ३६ वटै पालिकामा अभियानको रुपमा संचालन गरिने आयोजक संस्थाले जनाएको छ ।
उक्त समितिको सदस्यमा १७ वटै पालिकाबाट दलित समुदायका निर्वाचित जनप्रतिनिधि सदस्य छन् । कार्यक्रममा सञ्चारकर्मी नयाँ पत्रिकाका सुरेन्द्र कामती,मार्गानुगामी दैनिकका रामबाबु यादव,सगरमाथा टेलिभिजनका गणेश साह,नवसग्राम दैनिकका विसनुदेव सरदार र धनगढीमाई नगरपालिकाका कार्यपालिका सदस्य हिकराम विश्वकर्मा लगायतले मतदाता सुचिमा समावेश हुन छुटेका दलित लगायत सीमान्तकृत समुदायको अधिकार सुनिश्चितका लागि कार्यपालिका सदस्यहरु एकजुट भएर सघर्ष गर्नुपर्ने जोड दिएका छन ।


प्रतिक्रिया दिनुहोस् ।