img

न्यायमा पहुच सबलिकरण र परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न


कञ्चनपुर,२६ माघ । न्यायमा पहुच सबलिकरण र परियोजना परिचयात्मक तथा न्यायका लागि नागरिक संजाल गठन कार्यक्रम सम्पन्न भएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिकाको सभाहलमा बिहिवार समग्र जनउत्थान केन्द्र लहानको आयोजना तथा इन्टर नेश्नल अर्लटको आर्थिक सहयोगमा न्यायमा पहुच सबलिकरण र परियोजना परिचयात्मक तथा न्यायका लागि नागरिक संजाल गठन कार्यक्रम सम्पन्न भएको हो ।
समग्र जनउत्थान केन्द्र लहानका अध्यक्ष रामभरोसी महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष महतोले द्धन्द्ध पिडित र तिनका परिवारका कथा,मानव अधिकार उल्लघनका घटनाहरुको द्धन्द्ध संवेदनशिलताका सरकार र स्थानिय नागरीक सामाजलाई सवल बनाउने,पुनराबृति तथा स्मृतिकरण कार्यमा स्थानिय र प्रदेश स्तरको सरकारको योगदानमा अभिबृद्धि गर्न तथा जिम्मेवार वनाउनका लागि स्थानिय पैरवी तथा शिक्षा पहलहरुलाई सवल बनाउने,बिगतका द्धन्द्धबाट भएका सीकाईहरुलाई प्रवद्र्धन गर्दै भविष्यमा यस्ता पूनरावृतिलाई निरुत्साहित गर्ने,बिशेषतःसिमान्तकृत द्धन्द्धपिडित (जातीय धार्मिक,लैगिक,आपाङ्गताका आधारमा ) तथा तिनका परिवारहरुलाई सशक्तिकरण गर्ने तिनका सामुहिक तथा व्यक्तिगत आवश्यक्ताहरु सम्बोधन गराउन,सुरक्षित न्याय प्रकृयामा,प्रभावकारी सहभागिता गराउने परियोजनाको उदेश्य रहेको बताए ।

अध्यक्ष महतोले भने न्याय प्रकृयामा सार्वजनीक बैधता बृद्धिका लागि सत्यको खोजी,पूर्णस्थापना,मेलमिलाप र स्मृतिकरण जस्ता प्रकृयालाई समावेशी बनाउन स्थानिय,प्रदेश र संघ सरकारलाई सहयोग गर्ने साथै जवाफदेहिता सुदृढिकरणमा योगदान पु¥याउने लक्ष्य रहेको बताएका छन ।

उक्त कार्यक्रमा महिला अधिकार कर्मी,सहकारी कर्मी,मानवअधिकार कर्मी, द्धन्द्ध पिडितहरु,कृषि शाखा र संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
सो कञ्चनरुप नगरपालिका नगर प्रमुख ललन प्रसाद गुप्ताको प्रमुख आतिथ्य संचालित तथा कार्यक्रम संचालन रामकिरपाल साहले गरेको थियो । न्यायमा पहुच सबलिकरण कार्यक्रम परियोजना परीचयात्मक तथा न्यायका लागि नागरिक संजाल समितीमा पार्वति चौधरीकी संयोजकत्वमा १५ सदस्य समिती गठन भएको छ ।
उक्त संजाल गठनमा द्धन्द्ध पिडित मन्जु राम,अनिता कुमारी चौधरी,अनार देवी साह,खिलानाथ पोखरेल,देवनारायण श्रेष्ठ,सहकारीकर्मी सविता न्योपाने,संस्था सहकारीका विष्णु कुमारी श्रेष्ठ,संचारकर्मी किशोर पासवान र राजकुमार साह,मानव अधिकारकर्मी मनोहर पोखरेल,नगर बाल संजालबा हरि साह लागायत समितीमा सर्व सहमतबाट चैन भएको अध्यक्ष महतोले बताए ।

 


प्रतिक्रिया दिनुहोस् ।