img

राजनीतिक दललाई समानुपातिकको बन्दसूची असोज ३ गते बुझाइसक्नुपर्ने, आजदेखि निर्वाचन प्रक्रिया सुरु


अपुर्व न्युज
काठमाडौं,२ असोज। आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको लागि दलहरुले समानुपातिकतर्फको बन्दसूची असोज ३ गते भित्र बुझाइसक्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

आजदेखि राजनीतिक दलहरुलाई समानुपातिकतर्फको बन्दसूची बुझाउने कार्यतालिका छ । प्रदेश र प्रतिनिधि सभाको पाँच वर्षको कार्यकाल असोज १ गते देखि सकिएपछि निर्वाचन प्रक्रिया सुरु भएको छ ।

आगामी निर्वाचन संघीय संसदमा समानुपातिक निर्वाचन प्रणालीबाट १ सय १० र प्रत्यक्ष निर्वाचन प्रणालीबाट १ सय ६५ जना निर्वाचित हुनेछन् । दलहरुले निर्वाचित हुने कूल सदस्य संख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनेगरी बन्दसूची तयार पार्नुपर्छ । त्यसमा ५० प्रतिशत महिला र समावेशी प्रतिनिधित्व अनिवार्य गरिएको छ । बन्दसूची पेस गरे लगतै सबै प्रक्रिया मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ ।
प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम भने असोज २३ गतेदेखि सुरु हुने छ । असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ताको कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस् ।